बेरोजगार भत्ता सम्बन्धि प्रस्ताव अस्विकृत

Category: Job News | Date: | Total Views: 6537


नेपाल मजदुर किसान पार्टीकी सभासद अनुराधा थापाको बेरोजगारी भत्ता  सम्बन्धि प्रस्ताव संबिधानसभा बैठकबाट अस्वीकृत भएको छ | रोजगारी उपलब्ध नहुदासम्म बेरोजगारीहरुको जीवनयापनलाई सहज बनाऊन विश्वका विभिन्न देशहरुमा बेरोजगार भत्ताको व्यवस्था गरिएको छ | जनमत संकलनपछि यस  व्यवस्थालाइ परिमाजित गरि हटाइएको र त्यसलाई पुन: लागु गर्नुपर्ने सभासद थापाको प्रस्ताव थियो | 

 धरा ३३ मा यो व्यवस्था हटेपछि प्रत्येक नागरिकलाई रोजगारीको हक हुने, रोजगारीको शर्त, अवस्था र सहायता सम्बन्धमा संघिय कानून बमोजिम तय गरिने भनेर उल्लेख गरिने छ | देशमा बढ्दो बेरोजगारी समस्या र बेरोजगारीकोलागि  विदेशिने नेपालीको संख्या दिनहु बढ्दा पनि सभासद थापाको सो प्रस्तावमा अधिकांश सभासदले बिपक्छ्य  मतदान गरेर प्रस्ताव विफल पारेका  थिए| नेपाल सरकारसंग बेरोजगारीको एकिन तथ्यांक पनि नभएको घडीमा सो कदमले बेरोजगारीहरुलाई थप मारमा पारिएको बुझाई धेरैको छ |


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE