२०७८ सालमा कति दिन सार्वजनिक बिदा!

Category: Job News | Date: | Total Views: 6236


सरकारले आउँदो २०७८ सालको बैशाखदेखि चैतसम्म हुने मुलुकभर सार्वजनिक बिदाहरुको सूची सार्वजनिक गरेको छ। सरकारले चालु वर्षभन्दा आउँदो वर्ष चार दिन पर्व बिदा थप गरेको छ।

  • गृह मन्त्रालयको सूचना  का अनुसार २०७८ सालमा मुलुकभर सार्वजनिक बिदा २२ दिन हुने भएको हो ।
  • राजपत्र अनुसार पर्वहरू नव वर्ष बैशाख १ गते, रक्षाबन्धन भदौ ६ गते, घटस्थापना असोज २१ गते, छठ कात्तिक २४ गते, माघी/ माघे सङ्क्रान्ति माघ १ गते, महाशिवरात्री फागुन १७ गते तथा फागु पूर्णिमा हिमाली तथा पहाडी ५६ जिल्लामा चैत ३ गते र तराईका २१ जिल्लामा चैत ४ गते गरी ७ दिन बिदा हुनेछ ।
  • यस पटक दशै बिदा असोज २६ गतेदेखि ३० गतेसम्म ५ दिन हुनेछ । त्यस्तै तिहार बिदा कात्तिक १८ गतेदेखि २१ गतेसम्म ४ दिन हुनेछ ।
  • त्यस्तै  विश्व मजदुर दिवस (मे १) बैशाख १८ गते, गणतन्त्र दिवस जेठ ११ गते संविधान दिवस असोज ३ गते, राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते,  अन्र्तराष्ट्रिय महिला दिवस (मार्चा ८) फागुन २४ गते गरी ५ दिन बिदा हुनेछ ।जयन्तीमा बुद्ध जयन्तीमा जेठ १२ गते बिदा हुनेछ ।
  • २०७७ सालमा रक्षाबन्धन, घटस्थापना, छठ, माघेसङ्क्रान्ति, तिहारको भोलिपल्ट, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको दिन बिदा दिइएको थिएन । सरकारले ५ दिन पर्वमा बिदा थपेको छ भने, २ दिन मा  बिदा थपेको छ । अहिले यी बिदाहरू थपेर २२ दिन पुर्‍याइएको छ ।
  • यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (भदौ ७ गते), इन्द्रजात्रा (असोज ३ गते), घोडेजात्रा (चैत १८ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ २४ गते महिलालाई बिदा दिइनेछ ।
  • त्यस्तै, उभौली पर्व (जेठ १२ गते), गौरा पर्व (भदौ १४ गते), इदुल फित्र, इदुल अजाह, क्रिसमस डे (पुस १० गते), उधौली पर्व (पुस ४ गते) तमु ल्होसार (पुस १५ गते), सोनाम ल्होसार (माघ १९ गते), ग्याल्पो ल्होसार (फागुन १९ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएको छ ।
  • जितिया पर्व (असोज १३ गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।
  • त्यस्तै, वसन्त पञ्चमीमा माघ २३ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।
  • महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।
  • जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।
  • सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ ।
  • कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।



job_kurakani_detail_page
Search, Apply & Get Job: FREE