कोरोना रोक्ने सरकारका १५ कदमहरु

Category: Job News | Date: | Total Views: 3274


मिति: २०७६/१२/०५
माननीय उपप्रधान मन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल ज्यूको संयोजकत्वमा गठिट COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौं बैठकको निर्णयहरुः

१. COVID-19 रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यबस्था मिलाउने

२. सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लव आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले गर्ने

३. अत्याबश्यक कामका बाहेक आवतजावत, हिडडुल नगर्ने। सांस्कृतिक, सामाजिक त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने। सोको अनुगमन गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयले गर्ने

४. प्रकरण को कार्यान्वयन अनुगमन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने।

५. सार्वजनिक सवारीसाधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने। साथै सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गर्ने। यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने।

६. सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई Disinfection गर्न लगाउने। यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग नेपाल प्रहरीले गर्ने

७. मानिसहरुको बढी जमघट हुने सार्वजनिक महत्वका स्थलहरुमा स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिका) ले दैनिक रुपमा निश्चित समयको अन्तरालमा सरसफाई एवं Disinfection गर्ने। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार स्थानीय प्रशासनले आवश्यक समन्वय गरी उक्त कार्यको अनुगमन गर्ने

८. बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालो बजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानून बमोजिम कार्वाही गर्ने। दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद अनावश्यक संचय नगर्न अनुरोध गर्ने। यस कार्यको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्ने गराउने

९. आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेका विदेशी नागरिकहरुको भिषा अवधि नियमित गर्न निर्धारित भिषा अवधि भित्र आवेदन गरेमा प्रचलित कानून बमोजिम भिषा नियमित गरीदिने| यस कार्यका लागि गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने

१०. युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबे यात्रुहरुलाई २० मार्च २०२० मध्य राती देखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने। यस सम्बन्धी सूचना विदेशी स्थित कुटनीतिक नियोगहरुमा आवश्यक अन्य निकायहरुमा संप्रेषण गर्ने

११. कुनै यात्रुले नेपाल सरकारद्वारा Travel Advisory जारी गरेको अवधिको उडानको यात्रा स्थगन गरेको अवस्थामा बा वायुसेवा कम्पनीले आफै उडान रद्द गरेको अवस्थामा हवाइ टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने व्यवस्था गर्ने हवाइ टिकट रद्द गर्दा पुरै रकम फिर्ता गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिने। यस कार्यको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने |

१२. २०७६ चेत्र गते देखि संचालन हुन गइरहेको SEE (Secondary Education Examination) परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको Help Desk स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने। तर बाल बिकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु विश्वविधालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने।

१३. होटेल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका संचालकहरुलाई हात सफा गर्ने (Sanitizer) लगायत सफाइका सामग्रीहरुको प्रवन्ध गरी टेबल, कुर्सी, बार-रेलिङ्ग शोचालय आदी स्थानहरुमा नियमित रुपमा Disinfection गर्न लगाउने। साथै तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने ब्यक्तिहरुको स्वास्थ्य जाँच (Health Screening) गर्ने

१४. अवैध रुपमा लुकाइ राखिएका अवस्थामा फेला परी गृह मन्त्रालयबाट जफत गरिएका माक्सहरु  मध्ये लाख थान माक्स स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बाँकी माक्स साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड मार्फत विक्री वितरण गर्ने प्रबन्धका लागि पठाउने

१५. सर्वसाधरण नागरिकलाई भ्रम सीर्जना हुने गरी कुनै पनि संन्चार माध्यम (सामाजिक संजालबाट समेत) बाट गलत अभिव्यक्ति दिएमा विघमान कानून बमोजिम कडा कारवाही गरिने



 


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE