२०८० सालमा रहेको सार्वजनिक बिदाहरु

Category: Job News | Date: | Total Views: 2171


२०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०८० सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो ।


वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ।


मुलुकभरि सार्वजनिक बिदाहुने पर्वहरु;

  • नव वर्ष बैशाख १ गते (शुक्रबार); राई, लिम्बु, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व बैशाख २२ गते (शुक्रबार); रक्षाबन्धन भदौ १४ गते (बिहीबार); श्रीकृष्ण जन्माष्टमी भदौ २० गते (बुधबार); घटस्थापना असोज २८ गते (आइतबार) परेको छ।

  • कात्तिक ४ देखि कात्तिक ९ गतेसम्म (शनिबार -बिहीबार) बडा दशैंको बिदा छ। त्यस्तै तिहार बिदा कात्तिक २६ गतेदेखि ३० गतेसम्म (आइतबार - बिहीबार) र छठ मंसिर ३ गते (आइतबार) हुनेछ।

  • त्यस्तै किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि - ज्यापू दिवश पुस १० गते (मंगलबार), इसाई  धर्मावलम्बीहरुको पर्व/क्रिसमस डे पुस ९ गते (सोमबार), तमु ल्होसार पुस १५ गते (आइतबार), माघेसङ्क्रान्ति माघ १ गते (सोमबार), सोनाम ल्होसार माघ २७ गते (शनिबार), महाशिवरात्री फागुन २५ गते (शुक्रबार), हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो ल्होसार फागुन २८ गते (सोमबार) परेको छ। 

  • इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) र  (ईद उल फित्र ) दिन पनि बिदा छ।

  • त्यस्तै फागुपूर्णिमा, हिमाली र पहाडी लगायतका ५६ जिल्लाहरुमा चैत ११ गते (आइतबार) तथा देहायका तराई जिल्लाहरुमा चैत १२ गते (सोमबार) बिदा दिने व्यवस्था गरिएको छ।

  • त्यस्तै, गौरा पर्व भदौ ७ गते (बिहीबार), सिरुवा पूर्णिमा को दिन झापा, मोरंग, सुनसरी, सिराहा  र सप्तरी जिल्लाहरुमा बिदा छ।

  • यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा भदौ १४ गते (बिहीबार), इन्द्रजात्रा असोज ११ गते (बिहीबार), घोडेजात्रा चैत २६ गते (सोमबार) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ। 

  • वसन्त पञ्चमीमा फागुन २ गते (बुधबार) शिक्षण संस्थाहरु लागि मात्र बिदा हुनेछ।

  • मुलुकभरी सबैलाई हुने सर्वजनिक दिवस बिदाहरु विश्वव मजदुर दिवस वैशाख १८ गते (सोमबार), गणतन्त्र दिवस जेठ १५ गते (सोमबार), संविधान दिवस असोज ३ गते (बुधबार), जनयुद्ध दिवश फागुन १ (मंगलबार), राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते (सोमबार) रहेका छन्।

  • महिला कर्मचारीहरुका लागि महिला दिवस फागुन २५ गते (शुक्रबार), हरितालिका  तीज असोज १ गते (सोमबार) र जितिया पर्व असोज २० गते (शनिबार) रहेको छ।

  • अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरुलाई अपाङ्ग दिवस मंसिर १७ गते (आइतबार) बिदा दिने व्यवस्था गरिएको छ।

  • फाल्गुनन्द जयन्ती कात्तिक २५ गते  (शनिबार), मोहम्मद जयन्तीका दिन  र  गुरु नानकको जयन्तीका मंसिर ११ गते (सोमबार) सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ।

  • बुद्ध जयन्ती बैशाख २२ गते (शुक्रबार) र पृथ्वी जयन्ति पुस २७ गते बिदा दिइनेछ।

  • जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते (आइतबार) , निजामति सेवा दिवस भदौ २२ गते (शुक्रबार), सहिद दिवस माघ १६ गते (मंगलबार) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन।

  • बैशाख  १ गतेदेखि कात्तिक १५  गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हुने र  कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म  १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबारको दिन ३ बजेसम्म कार्यालय खुल्नेछ।




job_kurakani_detail_page
Search, Apply & Get Job: FREE