कृषि विकास बैंकमा २९८ कर्मचारीको आवश्यकता

Category: Job News | Date: | Total Views: 18238

www.merojob.com">
२६ पौष, काठमाडौँ। कृषि विकास बैंकमा चौथोँ र पाचौँ तहको लागि रोजगारीको अवसर खुलेको छ। पौष २६ गते खुलेको सो आवेदनमा झण्डै ३०० कर्मचारीको माग गरिएको छ। उक्त विज्ञापनको अनुसार चौथोँ र पाचौँ तहको पदपूर्तिको लागि आवेदन मागिएको हो। 

पाचौँ तहको लागि जम्मा ४० पद खुल्ला छन् भने बाकीं २५८ पद चौथोँ तहको लागि रहेको छ। पाचौँ तहमा व्यवसाय सहायक र सहायक स्तरको लागि माग छ भने चौथोँ तहमा लेखपल सहायक स्तर द्वितीय श्रेणीका लागि माग गरिएको छ। 

बिज्ञापनका अन्तर्गत खुल्लातर्फ २२ जना, महिलातर्फ ५ जना, जनजातितर्फ ५ जना, मधेसीतर्फ ४ जना, दलिततर्फ २, अपांगतर्फ १ र पिछडिएको क्षेत्रबाट १ जनाको कोटा छुट्याइएको छ। पदपूर्ति सम्बन्धी बिस्तृत जानकारीको लागि यहाँ क्लीक गर्नुहोस। साथै परीक्षाका पाठ्यक्रमका लागि बैंकको वेबसाइतमा हेर्न सक्नु हुन्छ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE