त्रिभुवन विश्वविद्यालयको ४१ औ दिक्षान्त समारोह सम्पन्न

Category: Job News | Date: | Total Views: 5667


त्रिभुवन विश्वविद्यालयको ४१ औ दिक्षान्त समारोहबाट साढे सात हजार बिद्यार्थी दीक्षित भएका छन्। दशरथ रंगशालामा आयोजित सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई दीक्षित गराएका थिए भने समारोहका प्रमुख अतिथीका रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारी उपस्थित थिईन। त्रिभुवन विश्वविद्यालय अन्तर्गत आबद्द ६० अंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुबाट दीक्षित हुन योग्य कुल ६१ हजार सात सय १६ बिद्यार्थी मध्ये सात हजार तीन सय ४२ बिद्यार्थी मात्र सहभागी भएका थिए। 

सहभागी बिद्यार्थी मध्ये ५५ जना बिद्यार्थी विद्यावारिधि हासिल गर्न सफल रहेका छन्। विद्यावारिधि हासिल गर्ने मध्ये ३२ जना मानविकीतर्फ, १०जना बिज्ञान तथा प्रबिधितर्फ, ६ जना शिक्षाशास्त्रतर्फ, ३ जना ईन्जिनियरिङतर्फ, २ जना व्यवस्थापनतर्फ, २ जना कृषि तथा पशु बिज्ञानतर्फ र कानुन तर्फ एकजना रहेका छन्। यसैगरी स्नातकोत्तर र स्नातक तहमा विभिन्न बिषयमा सर्वोत्कृष्ट अंक हासिल गर्ने बिद्यार्थीहरुलाई विभिन्न पदक प्रदान गरियो। 

सन् २०१४-२०१५ मा जम्मा ४,०५,३४१ बिद्यार्थी त्रिभुवन विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रममा मा भर्ना भएका थिए। सो मध्ये ३६.५५% बिद्यार्थी विश्वविद्यालयको विभिन्न केन्द्रीय क्याम्पसहरुमा अध्यनरत छन् भने ६३.४५ % विश्वविद्यालयसंग सम्बंधन प्राप्त विभिन्न क्याम्पसहरुमा अध्यनरत छन्।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE