अन्तरास्ट्रिय बजारमा पनि CA को लागि अवसर – बराल

Category: Job News | Date: | Total Views: 7226


चार्टड एकाउन्टेन्सी तर्फको बढ्दो आर्कषणले गर्दा यसको पछाडिको कारण र यसका फाईदा बेफाइदाको बारेमा जान्न चाहनेहरु धेरै हुनुहुन्छ होला। अहिलेको समयमा यदि कुनै विद्यार्थी, डाक्टर, इन्जीनियर बाहेक केहि पढ्न चाहन्छन भने अधिकांश पक्कै पनि चार्टड एकाउन्टेन्सी भन्छन्। 

चार्टड एकाउन्टेसी अध्ययनको लागि एउटा राम्रो विषय मात्र नभएर आफ्नो पेशागत विकासको लागि पनि एउटा राम्रो क्षेत्र मानिएको छ। सैद्धान्तिक शिक्षाको साथै प्रयोगात्मक शिप बढि हुने र पढाइको क्रममा व्यबहारिक शिक्षा, आर्टिकलशीप (On the Job Training) को माध्यमबाट जोब पाइने भएकाले यसको मोह बढ्दै गएको पाईन्छ। 

मेरो जब डट कमले यही सन्दर्भको अध्ययन गर्दै चार्टड एकाउन्टेसीका तीन क्षेत्रका स्थापित तथा प्रतिष्ठित व्यक्तीत्वसँग जब कुराकानीको लागि रिपोर्ट तयार पारेको छ। उनीहरुका अनुसार कुनै एउटा मात्र बोर्ड राम्रो वा उत्कृष्ट छ भन्न मिल्दैन, सबै बोर्डका आ-आफ्ना विषेशता रहेका छन। 

FCA विश्व राज बसौला का अनुसार नेपालमा चार्टड एकाउन्टेन्सी (ICAN) पढ्नुका धेरै फाइदाहरु छन् । “ज्ञान, शीप र रोजगारीको अवसरको दृष्टिकोणबाट पनि चार्टड एकाउन्टेन्सीले विद्यार्थीलाई धेरै फाईदा र अवसर दिन्छ”, बसौलाले भने, “नेपालको चार्टड एकाउन्टेन्सी शिक्षामा नेपालको व्यापारसँग सम्बन्धीत कानुन, नेपालको कर प्रणालीको समावेशीताले गर्दा यो नेपाली विद्यार्थीहरुको प्रथम रोजाईमा पर्ने गर्दछ।” साथै वर्षौ अध्ययन गरेर पनि पास नहुने हो कि भन्ने डरले पनि विद्यार्थीहरु हिच्किचाउने उनको बुझाई छ। 

ICAN गरेपछि रोजगारीको वातावरण पनि निकै राम्रो छ र यो क्रमश रुपमा बढ्रदै गएको देखिन्छ। बसौलाले आफ्नो दशौँ वर्षको सेवामा चार्टड एकाउन्टेन्टको माग बढ्दै गएको पाएका छन्। यी फाइदाका साथै यस क्षेत्रमा केहि चुनौती पनि अवश्य छन्। भ्रष्टाचार युक्त समाजमा बसेर इमान्दारिताका साथ काम गर्नु नै यस क्षेत्रको सबै भन्दा ठुलो चुनौती हो। त्यसै गरि आफुलाई अन्तर्राष्ट्रिय लेखा अभ्याससँग अंगीकरण गर्नु यस क्षेत्रको अर्को चुनौती रहेको छ। 

यसैगरि नेपालमा इन्डियन चार्टड एकाउन्टेन्सी (ICAI) कोर्ष पनि निकै लोकप्रिय रहेको छ। ICAI पास गरेर नेपाली चार्टड एकाउन्टेन्सी बोर्डको दुईवटा पेपर पास गरे, नेपाल र इन्डियामा चार्टड एकाउन्टेन्सीको काम गर्न सकिनु नै यसको आकर्षण मुख्य कारण रहेको छ, CA प्रकाश बरालले भने,” दुवै देशको बजारमा विद्यार्थीको लागि उचित रोजगारीको अवसर हुँदा युवाहरु यस क्षेत्र तर्फ लालायित हुनु स्वभाविक नै हो।“ 

नेपाल र भारतबीचको लेखा नियम र विनियमहरुको फरकले गर्दा र नेपालको बजार ज्ञानको कमि हुनाले यहाँको बजारमा काम गर्न उनीहरुलाई पर्याप्त चुनौती रहेको छ। यति हुदा पनि विकास क्षेत्र देखि लिएर हरेक क्षेत्रमा उनीहरुको माग बढ्दो क्रममा नै देखिएको छ। 

अहिले धेरै विद्यार्थी ACCA तिर आकर्षित भएका छन्। कोर्षको लचिलोपनका साथै International Accounting Standards (IAS) संयुक्त पारिएको हुनाले पनि यस कोर्षको माग बढेको पाईन्छ।, कटुवाल भन्छन, “नेपालका जतिपनि कम्पनीहरु छन्, सबैले अहिले IFRS ( International Financial Reporting Standard ) लेखा प्रणालीको प्रयोग गरिरहेका छन् र ACCA का विद्यार्थीहरुलाई यो लेखा प्रणालीको राम्रो ज्ञान हुने हुनाले पनि नेपालमा उनको माग बढ्दो छ।“ 

यस कारण कतिपय नेपाली र इन्डियन बोर्डका CA हरु पनि अहिले ACCA को डिग्री लिने क्रममा छन् भन्ने कटुवालको भनाई रहेको छ। यसका साथै ACCA पास गरेका विद्यार्थीहरुले ICAN बाट लिने CAP-III पास गरेर COP (Certificate of Practice) लिएपछि नेपालमा CA को काम गर्न सक्दछन् साथै आफ्नै फर्म पनि खोल्न सक्छन भन्ने कटुवालले बताए। 

अहिले एकाउन्टिंगको अवधारणा ग्लोबल एकाउन्टिंग तर्फ गइरहेकोले ACCA पढ्ने विद्यार्थीहरुलाई थप फाईदा हुने पनि उनले बताए। वास्तविकता हेर्दा कुनै पनि एउटा क्षेत्र को माग कम वा बढि भएको देखिदैन। तिनै छेत्रका विद्यार्थीहरुको माग उत्तिकै छ। रोजगारी र पेशागत विकासको दृष्टिकोणबाट हेर्ने हो भने पनि एसको उत्तिकै माग छ।

हालसम्म नेपालमा ४३२ चार्टड एकाउन्टेसी फर्म छन् भने १५ चार्टड एकाउन्टेसी कलेज रहेका छन्। ८९७ ले ICAN सदस्यता लिन सफल रहेका छन् भने सैयौ ICAI र ACCA छन्। यति हुदा पनि नेपालमा चार्टड अकाउन्टेन्टको माग बढ्दो क्रममा नै देखिएको छ। नेपालको रोजगारी वातावरणकोबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE