बजेटमा आयकर छुटको सिमा बढाइयो

Category: Job News | Date: | Total Views: 17167


अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ को बजेट भाषणमा रोजगारी, तलब, कर दयारा र कर सहुलितमा जोड दिईएको छ। बजेट भाषण अनुसार सरकारी कर्मचारीको तलब २५ प्रतिशतले वृद्धि गरिएको छ भने व्यक्ति र परिवारले पाउने आयकर छुटको सिमा बढाइएको छ। 

पछिल्लो बर्षको करदायरा अनुसार व्यक्तिको लागि २ लाख ५० हजार र दम्पत्तिको लागि ३ लाख थियो भने अब व्यक्तिको लागि ३ लाख ५० हजार र दम्पत्तिको लागि ४ लाख भएको छ। बजेटको यस नीति ले मध्यम बर्गलाई केहि हद्दसम्म राहत दिएको छ। 

यसै गरी युवाहरुलाई उधमशील बनाई स्थानीय तहमा उत्पादन, रोजगारी र आय आर्जन अवसरहरु सृजना गर्न देश युवा एक युवा उधम कार्यक्रमलाई सबै निर्वाचन क्षेत्रहरुमा नमुनाका रुपमा संचालन गर्न बजेटको व्यवस्था गरिएको छ। 

बजेटले राष्ट्रिय उत्पादन वृद्धि र रोजगारी सृजनाका लागि कर सहुलियत एवं सुविधाकोको व्यवस्था गरेको छ। बिगतको असहज अवस्थाको कारण यथासमयमै आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्क, स्वास्थ्य सेवा कर र शिक्षा सेवा कर र शिक्षा सेवा शुल्कका विवरण र कर बुझाउन नसकेकालाई लाग्ने थप दस्तुर, ब्याज, शुल्क र जरिवाना छुट दिने व्यवस्था मिलाईएको छ।


job_kurakani_detail_page
Search, Apply & Get Job: FREE