
देशभरमा अनलाइन भोटिङ तथा एसएमएसको आधारमा प्रदान गरिने सो अवार्डका लागि जम्मा ५५८ आवेदन परेको थियो। जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा क्रियाशील सो संस्थाले कँडेललाई उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरेको हो।
उपप्रधानमन्त्री चित्रबहादुर केसी र मुख्य सचिव सोमलाल सुवेदीबाट आइतबार कँडेल ‘इन्टिग्रीटी आइडल २०१५’ ले सम्मानित गरिए। जवाफदेहिता, पारदर्शीता र भ्रष्टाचार निवारणका क्षेत्रमा नाम कमाउने कँडेल दोश्रो ब्यक्ति हुन्। यसअघि सन् २०१४ मा पाँचथरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले यो सम्मान पाएका थिए ।
समाजमा राम्रो काम गर्नेको उचित कदर हुन्छ भन्ने उदाहरण हो कँडेलको यो अवार्ड। “कर्म गर, फलको आशा नगर” भनेझैँ उनले निरन्तर आफ्नो कामप्रति देखाएको लगाब नेपाली रोजगार क्षेत्रमा प्रेरणादायक छ। मेरोजब डट कम कँडेललाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना व्यक्त गर्दछ।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026