
Date: Jul 07, 2019
|Total Views: 11906
रोजगार तथा समाजिक सुरक्षा मन्त्री, गोकर्ण विष्टको अध्यक्षतामा जेठ २०, २०७६ मा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले श्रम अडिट मापदण्डको प्रचारप्रसार गरी सरकारी निकाय, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालय तथा प्रतिष्ठानमा श्रम अडिट अनिवार्य गराउने भएको छ।
यो सुचना संचार माध्यममा प्रकाशित भएपछी धेरै व्यवसायीमा श्रम अडिटको बारेमा जिज्ञासा उत्पन्न भएको छ।
श्रम अडिट के हो?
श्रमिक ब्यबस्थापन र बिकासको निम्ति तयार गरिएको संस्थाको मानव संसाधन नीति, अभ्यास, पद्दति र रणनीतिको ब्यबस्थित र बिस्तृत मुल्यांकन गर्ने विधि श्रम अडिट हो। मानव संसाधन अडिटको बिस्तृत कार्यक्षेत्र मध्ये श्रम अडिट एक हिस्सा हो जुन नेपालको श्रम ऐन, २०७४ ले तोकिदिए बमोजिम पर्दछ। धेरै संस्थामा श्रम अडिट गर्ने प्रक्रिया सुरु भइसकेको छ त धेरैमा हुने क्रममा छ।
श्रम अडिट किन आवस्यक छ?
श्रम अडिट गर्नुपर्ने धेरै कारण छन्। श्रम ऐनले ब्यबस्था बमोजिम सरकारले जारि गरेको सुचना अनुसार श्रम अडिट गर्नुपर्ने एउटा कारण हो भने श्रम अडिट मार्फत संस्था र श्रमिकको सुमधुर सम्बन्ध स्थापना गर्नु आर्को मुख्य कारण हो। साना तथा मझौला उद्योग संचालन गराई बस्नु भएका उद्यमीहरूले श्रम अडिटलाइ पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।
उद्यम गर्नु आफैमा चुनौती हो र एक उद्यमीले आफुले स्थापना गरेको ब्यापार ब्यबसायमा उद्योग संचालन संगै श्रम गर्ने श्रमिक व्यवस्थापन गर्नु आर्को चुनौती हो।
श्रमिक ब्यबस्थापनको ज्ञान र कौशलता हुने हो भने मात्र चुनौती अवसर बन्दै जान्छ। श्रमिक ब्यबस्थापन गर्न धेरै कार्यालयमा मानव संसाधन बिभाग स्थापना गरिएको हुन्छ। उद्योग संचालकले तयार गरेको व्यापारको रणनीति श्रमिक ब्यबस्थापन रणनीतिसंग मेल खाए उद्योग र श्रमिकको बिकाश द्रुत गतिमा हुन्छ। उद्यमीहरुलाई संस्थागत नीति तथा अभ्यासमा थप ब्यबस्थित हुन श्रम अडिट एउटा बलियो सुरुवात हुन सक्दछ।
न्युनतम पारिश्रमिक, नियुक्ति पत्र, स्वास्थ्य तथा दुर्घटना बिमा लगायत श्रमिकसंग सम्बन्धित धेरै अधिकार तथा सुविधाको अवस्था श्रम अडिटले पहिचान गर्दछ।
श्रम अडिट कसरी गर्ने ?
श्रम अडिट बिधि पुर्वक सहि तरिकाले गर्नुपर्दछ। श्रम अडिट मापदण्ड, २०७५ ले उल्लेख गरे बमोजिम श्रम अडिटर संस्था भित्रैबाट या मानव संसाधन सेवा प्रदायक संस्थाहरुबाट पनि गराउन सकिनेछ। अडिटबाट पहिचान भएका आवस्यकताहरु मानव संसाधन सेवा प्रदायक संस्थाहरुबाट पुरा गर्न सकिनेछ।
श्रम ऐन पालना नगर्ने प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ बमोजिम कारवाही स्वरुप दण्ड जरिवानाको ब्यबस्था गरिएको छ। संस्थाले श्रम अडिट गराई श्रम ऐनले तोकेको मापदण्ड पुरा गरी, आफ्नो अमुल्य समय र उर्जा ब्यापार व्यवसाय बढाउन ध्यान दिई ढुक्क भएर बस्न सक्नुहुनेछ।
जानी राखौ, सुचित रहौ!
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026