
Date: Jul 01, 2019
|Total Views: 9285
साउन २०७६ देखि सरकारले कुनै पनि काम सेवा गरी तलबभत्ता, ज्याला लिने सबै नागरिकहरुले व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ। नयाँ व्यवस्थासँगै कुनै कम्पनीले एक हजार रुपैयाँ भन्दा माथिको ज्याला वा पारिश्रमिक भूक्तानी गर्दा प्यान नम्बर समावेश गरी बैंकमार्फत गर्नुपर्नेछ।
व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) नभएका कर्मचारी तथा कामदारलाई वितरण गरिने एक हजार रुपैयाँभन्दा बढी मूल्यको पारिश्रमिक तथा ज्याला, व्यावसायिक फर्म तथा कम्पनीले आफ्नो खर्चमा गणना गर्न नपाउने कुरा आर्थिक विधेयक, २०७६ मा उल्लेख छ। प्यानमार्फत कामदारको पारिश्रमिक तथा ज्याला भूक्तानी गर्दा, पारिश्रमिक पाउने व्यक्तिले आयकर छली गर्ने संभावना रहँदैन भने, व्यावसायिक फर्म तथा कम्पनीले कर्मचारी तथा कामदारलाई दिएको पारिश्रमिक खर्चको यथार्थ विवरण सरकारलाई थाहा हुन्छ। सबैलाई आयकरको दायराभित्र ल्याउन सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर अनिवार्य गरेको बुझ्न सकिन्छ ।
सरकारी, अर्धसरकारी तथा कानुनबमोजिमका पब्लिक तथा प्राइभेट कम्पनी,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी
संस्था, एकलौटी तथा साझेदारी फर्म एवं विद्यालय तथा विश्वविद्यायलमा कार्यरत कर्मचारी
तथा कामदारहरूले व्यक्तिगत स्थायी लेखा नम्बर लिएपछि मात्र तलबभत्ता, ज्याला खान योग्य
हुने कुरा आर्थिक ऐनमा उल्लेख भएको हुदा आजै व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान)
लिएर बेलैमा ढुक्क हौ ।
व्यक्तिगत स्थायी लेखा नम्बर लिन के के कागजात चाहिन्छ?
स्थायी लेखा नम्बरको फाईदा
जानी राखौ, सुचित रहौ!
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026