
सामाजिक सुरक्षा कोषको दर्ता समयावधि सकिदै!
मंसिर ११ गतेदेखि सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा देशभरका रोजगारदातालाई अनिवार्य आबद्धताको आव्हान गर्दै गत २६ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरेको थियो । समयसीमा सकिन थोरै समय बाँकी हुँदा न्यून संख्यामा मात्रै रोजगारदाता तथा श्रमिक आपूर्तिकर्ताहरू सामाजिक सुरक्षा काेषमा सूचीकरण भएका छन् । केन्द्रीय तथ्यांक विभागले गरेको आर्थिक गणनाअनुसार देशभर ९ लाखभन्दा बढी प्रतिष्ठान सञ्चालनमा छन्।
सोही राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न क्षेत्रका रोजगारदाताले दिइएको मितिसम्ममा सामाजिक सुरक्षा कोषमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ:
कोषको अनलाइन प्रणालीमार्फत रोजगारदाताले सूचीकरण प्रक्रिया सुरु गर्न सक्ने व्यवस्था मिलाइएको छ । अनलाइन निवेदनका लागि https://sosys.ssf.gov.np/Modules/REGISTRATION/Submission.aspx मा क्लिक गरी सूचीकरण गर्न सकिनेछ।
रोजगारदाताले आफू सूचीकरण भएको मितिले तीन महिनाभित्र आफूले नियुक्त गरेको वा रोजगार सम्बन्ध कायम गरेको व्यक्तिलाई सूचीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ। कोषमा मासिक रूपमा रोजगारदाताले श्रमिकको आधारभूत तलबको २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्ने गरी यो योजना सञ्चालन हुनेछ। सरकारले कोषमा जम्मा हुने रकम पारदर्शी रूपमा सञ्चालन गराउने र आवश्यक पर्दा कोषलाई अनुदान दिने काम गर्नेछ।
ऐनअनुसार योगदान रकम नबुझाएमा कोषले रोजगारदातालाई बैंक खाता रोक्का राख्ने, सम्बन्धित संस्था तथा व्यक्तिको चल–अचल सम्पत्ति रोक्का राख्ने, अनुमतिपत्र निलम्बन गर्ने, राहदानी रोक्का गर्नेलगायतका कारबाही गर्न सक्छ ।
अधिक जानकारीका लागि:
बबरमहल, काठमाडौँस्थित सामाजिक सुरक्षा कोषको कार्यालयको फोन नं. ०१-४२५६१४४ र ०१-४२५६३१५ वा इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026

Jul 29, 2026