
Date: Jun 03, 2016
|Total Views: 36775
Tourism Development Bank Limited मा Assistant Officer/ Officer, Management Trainee, Junior Assistant र Junior Trainee Assistant पदको लागि बिज्ञापन खुला गरिएको छ। जेष्ठ २१ मा मेरो जब डट कमको वेबसाइटमा बिज्ञापन प्रकाशन गरिएको छ।
Assistant Officer/ Officer पदमा आवेदन भर्नको लागि CA, CPA, ACCA उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा ३५ वर्ष तोकिएको छ। त्यसै गरी Management Trainee पदमा आवेदन भर्नको लागि स्नतोत्तर तहमा ६०% वा ३.२५ CGPA अथवा स्नातक तहमा ५०% वा ३ ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। स्नातक तह उतिर्ण हुनेको कम्तीमा ३ वर्षको सम्बन्धित छेत्रमा कार्य अनुभव हुनुपर्नेछ। साथै आवेदकको उमेर हद बढीमा ३५ वर्ष तोकिएको छ।
Junior Assistant पदमा आवेदन भर्नको लागि प्रविनता प्रमाण पत्र तह (१०+२) उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको सम्बन्धित छेत्रमा १ वर्षको कार्य अनुभव हुनुपर्नेछ २ उमेर हद बढीमा २८ वर्ष तोकिएको छ। त्यसै गरी Junior Trainee Assistant पदमा आवेदन भर्नको लागि प्रविनता प्रमाण पत्र तह (१०+२) मा ६०% ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ।
आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाणपत्रहरु यहि असर ३ गते सम्म बुझाउनु पर्नेछ। अन्तिममा छनोट हुने आवेदकहरुलाई देशको विभिन्न भागमा रहेका टुरिजम विकास बैंकका शाखाहरुमा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Mar 15, 2026

Feb 01, 2026