
Date: Mar 18, 2016
|Total Views: 13821
बिज्ञापन अनुसार प्राधिकरणले पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी २५ सय ७१ जना माग गरेको हो। जसमध्ये १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट माग गरिएको छ। बिज्ञापनको अनुसार इन्जिनियरका लागि आवेदन दिन चाहनेहरुले सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा कम्तीमा स्नातक तह उतीर्ण गरी नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गरेको हुनुपर्नेछ भने सब इन्जिनियरका लागि सिभिल इन्जिनियरिक वा आर्किटेक्चरमा डिप्लोमा वा प्रमाणपत्र उतीर्ण हुनुपर्नेछ।
त्यसै गरी असिस्टेन्ट सब इन्जिनियरका लागि प्राविधिक शिक्षालयबाट टिप एसएलसी कोर्स उतीर्ण गरेको हुनुपर्नेछ। प्राधिकरणमा जागिर खान इच्छा भएका इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् । बिभागले यसअघि गएको मंसिरमा ४६ जना इन्जिनियर र ७१ जना सब इन्जिनियर माग गरेको थियो। त्यतिबेला आवेदन दिएका तथा अन्तर्वार्तामा नबोलाइएकाहरुलाई पनि अहिले अन्तर्वार्तामा सहभागी गराइने जनाएको छ।
थप जानकारीको लागि: http://goo.gl/2rjy6h
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026