
संयुक्त राष्ट्रसंघको द्वारा अन्य कार्यक्रमहरु भइरहने भएपनि UN Traineeship Programme को लागि धेरै आवेदकहरु आउने गरेका छन्। सन् २०११ देखि आयोजित गरिएको सो तालिम प्रोग्राम हरेक साल आयोजित हुदै आएको छ। सामाजिक बर्हिस्कृत समुह तर्फ केन्द्रित यो तालिम कार्यक्रम जम्माजम्मी ११ महिनाको रहने छ।
एघार महिने सो तालिम पछि आफ्नो शिक्षा र प्राप्त तालिम अनुसार उनीहरुले विभिन्न कार्यलयहरुमा रोजगारीकोलागि आवेदन दिई आफ्नो पेशा अगाडि बढाउन सक्नेछन्। व्यक्तित्व विकाशका साथै प्राबिधिक ज्ञान पनि प्राप्त गर्न सकिने हुनाले यस कार्यक्रमकालागि बर्षैनी करिब २००० आवेदन आउने गरेको छ।
यति मात्र नभएर सहभागीहरुले संयुक्त राष्ट्रसंघसंगको विभिन्न कार्यलयमा गई काम गर्ने क्रममा सम्पूर्ण औपचारिक कार्यहरु सिक्ने र गर्ने अवसर पाउनेछन्। यदि तपाई आफ्नो पेशा सम्बन्धी शीप, व्यक्तिगत बिकाश र कार्यप्रगति सम्बन्धी तालिमको खोजमा हुनुहुन्छ भने UN Traineeship Programme – Cohort V को लागि आवेदन दिन सक्नुहुनेछ। कुनै पनि कार्यलयमा गएर तालिम लिने साथै कार्यलय नियम अनुसार काम गर्ने यो एउटा सुनौलो अवसर हो।
कुनै पनि पेशामा काम गर्नको लागि शैक्षिक योग्यता मात्र नभएर विभिन्न शीप र तालिमहरुको खाचो हुन्छ। रियल सोलुसन्सले संयुक्त राष्ट्रसंघसंग आबद्ध भई यो प्रोग्राम मार्फत स्नातक वा सो भन्दा माथिको शैछिक योग्यता भएका सामाजिक बर्हिस्कृत समुहका व्यक्तिहरुलाई विभिन्न तालिम दिनेछ।
यस प्रोग्राम मार्फत एउटा बहुजातीय र बहुसांस्कृतिक समूहसंग काम गर्न र सिक्ने राम्रो अवसर पाउनुका साथै एउटा कार्यलयमा बसेर त्यहाँको कार्यहरु सिक्न पाइने सहभागीहरुको भनाई रहेको छ।
यसै गरी संयुक्त राष्ट्रसंघसंगले United Nations Volunteers (UNV) Programme को पनि आयोजना गर्ने गरेको छ।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026