
Date: Apr 26, 2018
|Total Views: 5593
काममा सुरक्षा र स्वास्थ्यको महत्त्वलाई बढावा दिने उद्देश्यले नेपालका तीन शीर्ष मानव संसाधन संस्थाहरु रियल सोलुसन्स, मेरोजब र रोजगारी पसलले वाकाथोनको आयोजना गरेका छन्। विश्व भर काममा सुरक्षा र स्वास्थ्यको लागि April 28 मा यो दिवस मनाइदै आएको छ। केन्द्रिय कार्यालय, गणपति भवन, मिन-भवन बाट सुरु भएको वाकाथोन माइती घर पुगि, पुनः केन्द्रिय कार्यालयमा पुगेर समापन भएको थियो।
नेपालका विभिन्न संघ-संस्था, सरकारी कार्यालय लगायत बहु राष्ट्रिय कम्पनिमा कार्यरत कामदारहरुको व्यावसायिक सुरक्षा र स्वास्थ्यमा राष्ट्रको ध्यान आकर्षित गर्ने उद्देश्यले सो कार्यक्रम आयोजित गरिएको थियो।२०७२, बैशाख १२ को महाविनाशकारी भूकम्प पश्चात कार्यस्थललाई आझै सुरक्षित र व्यवस्थित बनाउन सो दिन यी संस्थाहरुमा स्वास्थ्य तथा सुरक्षा टिमको गठन गरिएको थियो।
“स्वास्थ्य एवं सुरक्षा को लाभ दिदै संस्थामा कार्यरत कर्मचारीहरु लाई हामीले स्वास्थ्य बीमा लगायत अन्य सेवा-सुबिधा दिदै आएका छौ”, कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको महत्त्व तर्फ चेतना बढाउन प्रयास गर्दै तीनै कम्पनीहरूको लागि मार्केटिंग र कर्पोरेट संचार प्रबन्धक राजन कोइरालाले भन्नुभयो।
“सुरक्षित र स्वस्थ वातावरणमा काम गर्न पाउनु कुनै पनि संस्थामा कार्यरत प्रत्येक कर्मचारीको आधारभूत अधिकार हुनुको साथै एक व्यावसायिक आवश्यता पनि हो”, रियल सोलुसन्स बाट पर्वता राईले बताउनु भयो। स्वास्थ्य तथा सुरक्षा टिमका सदस्य श्री तारापति बिसिले थप्नुभयो, “सुरक्षित कार्यस्थलले कुनै पनि संस्थाको स्थायी विकासमा योगदान पुर्याउदछ।”
स्वस्थ् रहनका लागि गरिने शारीरिक क्रियाकलाप जटिल हुनु आवश्यक छैन। हिड्नु सबैभन्दा सजिलो र सुलभ व्यायाम हो, दैनिक हिसाबमा हिड्ने हो भने यसले हृदय रोग, उच्च रक्तचाप, हाड-जोर्नी लगायतका अन्य शारिरीक समस्याको न्युनिकरण गर्नमा मद्दत गर्दछ।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Mar 15, 2026

Feb 01, 2026