
पटक–पटकको छलफलमा रोजगारदाता र ट्रेड युनियनको आ–आफ्नै अडानले गर्दा केही निष्कर्ष न-निस्किए पछि समितिले सो जिम्मा सरकारलाई दिएको थियो। पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले लिएको सो निर्णयलाई राजपत्रमा प्रकाशित गरी लागू गर्न श्रम तथा रोजगार मन्त्रालयलाई पठाइसकिएको छ। सम्पूर्ण औपचारिकता पुरा गरेर राजपत्रमा प्रकाशित भएपछिमात्र यो लागू हुन्छ।
औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको आधारभूत पारिश्रमिक ५ हजार १०० बाट बढाएर ६ हजार २०५ र महँगी भत्ता २ हजार ९०० रुपैयाँबाट बढाएर ३ हजार ४९५ रुपैयाँ भएको छ। दैनिक ज्याला ३१८ बाट वृद्धि गरेर ३९५ रुपैयाँ भएको छ। त्यस्तै, चिया बगानमा कार्यरत मजदुरको न्यूनतम पारिश्रमिक ५ हजार ६७० बाट वृद्धि गरेर ६ हजार ३७५ र दैनिक ज्याला २२८ रुपैयाँ तोकिएको छ। ०७३ साउनदेखि चिया बगानका मजदुरको पारिश्रमिक ७ हजार ७५ र दैनिक ज्याला २५३ रुपैयाँ निर्धारण लागू हुनेछ। चिया कारखानामा कार्यरत दैनिक ज्यालादारी मजदुरलाई ३० रुपैयाँ थप भत्ता दिइनेछ।
मुलुकमा बढ्दै गएको महंगीको अनुसार पारिश्रमिक बढ्नुपर्ने ट्रेड युनियनले जनाएको थियो। तर, भूकम्प तथा नाकाबन्दीका कारण उद्योग क्षेत्रमा ठूलो आर्थिक समस्या परेकोले रु. ६०० भन्दा बढि वृद्धि गर्न नसक्ने अडान रोजगारदाताहरुको थियो। यसै बिच रोजगारदाता र ट्रेड युनियनको मध्यमार्गी बाटो रोज्दै पारिश्रमिक वृद्धि गरिएको श्रम मन्त्रालयले जनाएको छ।
नेपालमा रोजगारी सम्बन्धी जानकारीको लागि यहाँ थिच्नुहोस्।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026

Jul 29, 2026