
Date: Apr 20, 2016
|Total Views: 8562
बिज्ञहरुले सुझाएका केहि विकल्पहरु :
क) स्वयंसेवा
समाजका विभिन्न क्षेत्रहरुमा स्वयंसेवा का माध्यमबाट सकारात्मक परिवर्तन अर्ने प्रसस्त अवसरहरु हुन्छन। अझ नेपालजस्तो भर्खर प्राकृतिक विपत्ति र राजनीतिक समस्याका कारण निकै प्रभावित क्षेत्रमा स्वयंसेवाले निकै ठुलो महत्व राख्दछ। शैक्षिक सेवा, खानेपानी र सरसफाई, सामुदायिक स्वास्थ्य, पुन:स्थापना र पुनःनिर्माण, सामाजिक चेतना अभिवृद्धि इत्यादि क्षेत्रहरुमा स्वयंसेवा गर्ने प्रसस्त अवसरहरु उपलब्ध देखिन्छन। आफ्नो आत्माविश्वास बढाउन र समाजका लागि सकारात्मक योगदान दिने उद्देश्यले हाल धेरै विध्यार्थीहरु दिक्षान्त पश्चात स्वयंसेवाबाट आफ्नो क्यारियर अगाडी बढाउन उपयुक्त देख्छन्। त्यस्तै भविष्यमा थप अध्ययनका लागि आवश्यक पर्ने पेसागत सिप र अनुभव हासिल गर्न र आफ्नो व्यक्तिगत विवरण (CV) लाई सशक्त बनाउनका लागि पनि स्वयंसेवा सहयोगी हुने जानकारहरुको अनुभव छ।
ख) प्रशिक्षार्थी काम
दिक्षान्त पछाडिका दिनहरुमा आफ्नो शैक्षिक पृष्ठभुमिलाई सुहाउँदो काम प्रशिक्षार्थी कामदार (INTERN) को रुपमा गर्दा हुने फाइदाहरु पनि धेरै छन्। यस्ता कामलाई विश्वविद्यालयको सैदान्तिक पढाई र पूर्णकालिन व्यावसायिक जागिरको बिचको पुलको रुपमा लिइन्छ। प्रशिक्षार्थी कामदारले आफुले सिकेको सैदान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर पनि मान्न सकिन्छ यसलाई। भविष्यमा आवस्यक पर्ने पेशागत सिप र अनुभव आर्जन गर्नमा सहयोगी हुने यस्ता काम करारमा आधारित हुन्छन। तर प्रशिक्षार्थी कामदारको सिकाई र प्रस्तुतिको अधारमा मूल्यांकन गरी आफ्नै संस्थाको पूर्णकालिन कर्मचारीको रुपमा नियुक्त गर्ने चलन पनि बढ्दो छ।
ग) स्वरोजगार
आफ्नो अध्ययनको पृष्ठभुमि र आफ्नो क्यारियरसंग संबन्धित विभिन्न साना प्रकृतिका उद्ध्यमहरु संचालन गरी आत्मनिर्भर बन्नु पनि दिक्षान्त पछाडीको उत्तम विकल्प हुनसक्छ। अर्ग्यानिक खेती, होमस्टे इत्यादि सिर्जनसिल व्यवसायबाट आयआर्जन गर्नुका साथै आफुले सिकेको ज्ञान र सिपको भरपुर् प्रयोग गर्न सकिन्छ। व्यावसय सुरु वा संचालन गर्नका लागि पुंजी, बलियो संजाल (NETWORK), उत्पादन, सेवा र व्यपारको विशेष रणनीतिहरु जस्ता हतियार आवस्यक पर्छन। आवस्यक पुंजीकालागि विभिन्न बैंक तथा लघुबित्त कार्यक्रमको सहयोग लिन सकिन्छ।
घ) सिपमुलक तालिम
भविष्यमा आवश्यक पर्नसक्ने सिप र आफ्नो क्षमता अभिबृद्धि गर्नका लागि विभिन्न सिपमा आधारित तालिमहरु लिनु आफ्नो क्यारियर निर्माणमा निक्कै महत्वपूर्ण हुने बिज्ञहरुको सुझाव छ। आफ्नो अध्ययनको विषयसंग सम्बन्ध राखने विविध प्रविधिसंग सम्बन्धित वा विविध भाषाहरु जस्ता उपयोगी तालिम लिदा भविष्यमा आफ्नो व्यावसाय वा जागिरमा सहयोगी हुनका साथै आफ्नो बायोडाटालाई सशक्तपनि बनाउदछ।
त्यस्तैगरी पूर्णकालिन जागिर/व्यवसाय सुरु गरेपछि आफ्ना साथीहरु वा आफ्ना रुचिका कामहरुलाई समय दिन पहिले जस्तो सहज नहुने भएकाले दिक्षान्तपछाडीका केहि महिना आंशिक समयका काम (PART TIME JOB) गरी ट्रेकिंग, साइकलिङ, लामो/छोटो भ्रमण, संगीतको अध्ययनजस्ता आफ्ना सौख सम्वन्धि तालिम वा गतिविधि गर्नसकिन्छ। दिक्षान्तपछाडी स्वदेश वा विदेशमा थप अध्ययन गर्नका लागि अन्य तयारी थाल्ने चलनपनि निक्कै पुरानो हो।
क्यारियर विकासकालागि आफ्नो शैक्षिक योग्यता पर्याप्त नलाग्नु वा आफ्नो अध्ययनका बर्षहरु बीचमा रिक्त समय (GAP) नहोस भन्ने उद्देश्यले पनि कतिपय बिध्यार्थीहरु थप अध्यानको तयारीमा केन्द्रित रहने अनुभवीहरुको बुझाई छ।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Mar 15, 2026

Feb 01, 2026