
२५ मंसिर, २०७५, काठमाडौं - नविल बैंक लिमिटेड र रोजगारी सर्भिसेस प्रा.लि. बीच आज युनियनपे इन्टरनेशनल क्यु आर कोड सर्भिसको मर्चेन्ट सेवा सम्झौता भएको छ।
दरवार मार्ग स्थित, नविल बैंक लिमिटेडको मुख्य कार्यालयमा आयोजित समारोह बीच, बैंकका कार्ड विभागका प्रमुख सनत कुमार पौडेल र रोजगारी सर्भिसेस प्रा.लि. का प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
नविल बैंकले नेपालमा प्रथम पटक आफ्नो "मर्चेन्ट नेटवर्क" मार्फत “युनियनपे इन्टरनेशनल क्युआर कोड सर्भिस” को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत क्यु आर कोडको प्रयोग गरी नविल बैंकसग आबद्ध मर्चेन्टहरू तथा ग्राहकहरुले न्युन शुल्कमा नै इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन।
युनियनपे इंटरनेशनल अन्तरराष्ट्रीय भुक्तानी संगठन China UnionPay को एक सहायक संस्था हो। युनियनपे इन्टरनेशनलले विश्वव्यापी युनियनपे कार्ड प्रयोगकर्ताहरू र व्यापारीहरूको बढ्दो संख्यालाई सुविधाजनक सेवाहरू प्रदान गर्ने सुनिश्चितता लिएको छ। यूपीआई मार्फत जारी कार्डहरु १६८ देशहरुमा स्विकार्य हुनुको साथै ४८ वटा देशहरुबाट जारी भई रहेका छन।
सम्झौता हस्ताक्षर समारोहमा नविल बैंकका उप महाप्रबन्धक रमेश प्रसाद लोहानी, उप मुख्य कार्यकारी अधिकारी अनिल कुमार खनाल, युनियनपे इंटरनेशनलका तर्फबाट दक्षिण एशिया विकास प्रबन्धक मेलविन झांग, सहायक महाप्रबन्धक जे.टी. जिएन, उत्पादन निर्देशक शुअन गुडनको उपस्थिती रहेको थियो।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026