
Date: Apr 28, 2016
|Total Views: 8681
भूकम्प र नाकाबन्दीका कारण पनि नेपालको पर्यटन क्षेत्रमा ठुलो क्षति पुगेतापनि अहिले एक वर्ष बित्दा यो क्षेत्र फेरी फस्टाउँदै गएको देखिन्छ। नेपालको आर्थिक विकासमा पनि पर्यटन उध्योगको ठुलो योगदान भएको पाईन्छ। भ्रमण वा अन्य कामका लागि आउने पर्यटकले हजारौ डलर खर्च गर्छन। यहि फस्टाउँदो पर्यटन व्यवसायले पर्यटन क्षेत्रको विकासमा ठुलो भूमिका खेलेको छ। आर्थिक क्षेत्रको साथ साथै पर्यटन क्षेत्रले मुलुकको रोजगारीमा पनि ठुलो योगदान दिएको पाईन्छ।
सो रिपोर्टको अनुसार प्रत्येक ६ जना पर्यटकले १ जना व्यक्तिको लागि रोजगारीको अवसर प्रदान गर्छ। पर्यटन क्षेत्र मा कार्यरत १,३८,१४८ मा ८०% पुरुष छन् भने २०% मात्र महिले कर्मचारी रहेका छन्। यसै गरी ३२% कर्मचारीले आफ्नो प्रमुख जागिर बाहेक अरु काम पनि गरें गरेका छन्। यसैगरी यस क्षेत्रमा विशेष गरी २० देखि ४० बर्षका कर्मचारीहरु अधिकांश रुपमा छन् भने ५०% भन्दा बढि कर्मचारीहरु +२ मात्र पास छन्। हरेक जातजातिका कर्मचारीहरु भएका यस क्षेत्रमा ५८% जनजाती रहेका छन्।
पर्यटन क्षेत्रमा प्रख्यात विभिन्न उध्योगहरुमा स्टार होटल, टुरिस्ट स्ट्यान्डर्ड होटल, होमे स्टे, ट्रेकिङ एजेन्सी, इन्टरन्यासनल एअरलाईनस, डोमेस्टिक एअरलाईनस आदि छन्। यस क्षेत्रमा गत ५ बर्षको रोजगारी वृद्धि दर हेर्ने हो भने इन्टरन्यासनल एअरलाईनसमा १००% को रोजगारी वृद्धि दर देखिन्छ। त्यसै गरी राफ्तिङ एजेन्सीमा ८४.६% को वृद्धि दर देखिन्छ भने प्यारागलाईडिंग को छेत्रमा ८३.३% को वृद्धि दर देखिन्छ।
साथै कुन क्षेत्रले कति रोजगारी दिएको छ भनेर हेर्ने हो भने पनि इन्टरन्यासनल एअरलाईनसले १००% नै रोजगारी अवसर दिएको पाईन्छ भने प्यारागलाईडिंग जस्तो क्षेत्रमा ८८.५% देखिन्छ। ट्रेकिंगमा चाहिँ ९४% कर्मचारीहरुले एउटा भन्दा बढि ठाउँमा काम गरिरहेको देखिएको छ। कामको तह अनुसार हेर्नेहोभने यस क्षेत्रमा १२% मा प्रबधक तहमा छन् भने प्राबिधिक २६% र सहायक तहमा ६२% कार्यरत रहेका छन्। यस तथ्यांक अनुसार पर्यटन क्षेत्रमा कार्यरत अधिकांश कर्मचारीहरु सहायक तहमा रहेका छन्।
प्रबन्धक तहमा कम संख्यामा कर्मचारी रहेकाले यस क्षेत्रमा पदोन्नतिको राम्रो अवसर रहेको देखिन्छ। आम्दानीको दृष्टिकोणले हेर्नेहोभने पनि यो क्षेत्र उत्तिकै आकर्षक छ। यस क्षेत्रमा कार्यरत ३७% कर्मचारीले मासिक १०,००० देखि २०,००० कमाई गर्छन। यति मात्र नभएर उनीहरुले अन्य सुबिधा जस्तै कपडा, इन्धन, घर बहाल, स्वास्थ्य उपचार सुबिधा समेत पाउने गरेका छन्।
य सबै कुराहरुले पर्यटकीय उध्योगमा रोजगारीको बढ्दो अवसर र फाइदाहरु देखाउछन्। आफ्नो पेशा कुन क्षेत्रमा बिकास गर्ने अन्योल मा हुनुहुन्छ भने यस क्षेत्र तर्फ पनि ध्यान दिन सक्नु हुन्छ।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026