
विभिन्न अध्ययनका अनुसार अधिकतम नेपाली युवाहरुको मोह इन्जिनियरिङ तर्फ बढ्दै गएको पाईएको छ। इन्जिनियरिङमा भएको आकर्षक कार्यक्षेत्र र अवसरहरुका कारणनै यस क्षेत्रमा बढ्दो आकर्षण रहेको छ।
पुल्चोक इन्जिनियरिङ क्याम्पस, इन्स्टिच्युट अफ इन्जिनियरिङका सहायक बिभाग प्रमुख, सुजन त्रिपाठीका अनुसार सिभिल इन्जिनियरिङको लागि बर्सेनी १०,००० भन्दा बडी आवेदन आउने गरेका छन्। जम्मा १९२ सिटको लागि १०,००० आवेदन आउनुले नै यस बिषय प्रतिको मोहलाई झल्काउँछ। इन्जिनियरिङका अरु क्षेत्रमा भन्दा सिभिल इन्जिनियरिङ तर्फ बढि आकर्षण रहेको पाइन्छ ।
अहिलेको समय र निकट भविष्यमा सिभिल इन्जिनियरिङमा राम्रो कार्यक्षेत्र हुनुका साथै देश विकासको पनि अवसर रहेको उनले बताए। सरकार, निजि क्षेत्र र वैदेशिक लगानीकर्ताहरुले पनि नेपालको विकासमा चासो देखाएको हुनाले आउने दिनहरुमा यस क्षेत्रमा रोजगारीको अवसर बढ्ने त्रिपाठीको भनाई छ।
त्रि. बि (इन्जिनियरिङ कलेज) का सह प्राध्यापक हरिदर्शन श्रेष्ठका अनुसार सिभिल इन्जिनियरिङ पढ्नेहरुले आफ्नो क्षेत्रमा मात्र नभएर विभिन्न क्षेत्रहरुमा सफलता प्राप्त गर्न सक्छन। चाहे त्यो जागिर मा होस वा अरु क्षेत्रमा अध्ययन गर्नु मा होस। निकट भविष्यमा हुन गइरहेको पूर्वाधार सम्बन्धी विकासका योजनाहरु (सडक निर्माण, जल विधुत परियोजना, पुल निर्माण) हेर्ने हो भने कम्तीमा पनि ४,००० सिभिल ईन्जिनियरको आवश्यकता हुनेछ।
बैशाख १२, २०७२ को महाभूकम्पले पनि देशमा भौतिक क्षतिका साथै थुप्रै विकाशका बाटोहरु पनि खोलेको छ। सिभिल इन्जिनियरिङको क्षेत्रमा यसले नयाँ प्रविधि र आचारसंहितामा आधारित निर्माणहरुको परिचय गराएको छ।
“इन्जिनियरिङको क्षेत्रमा रोजगार अवसरको कुरा गर्ने हो भने बजारमा रोजगारीको कमी छैन तर व्यवहारिक ज्ञान भएका ईन्जिनियरहरुको कमी भने देखिएको छ।“ त्रिपाठीका अनुसार पढाई सकिने बितिकै काम खोज्नु भन्दा करिब १ वर्ष व्यवहारिक र शीपमुलक तालिमहरुमा आफ्नो समय लगानी गरेमा दक्ष अनुसारको जागिर अवश्य पाइन्छ।
यसैगरी सिभिल इन्जिनियरिङ पढेकाहरुका लागी नेपालमा मात्र नभएर विदेशमा पनि राम्रो रोजगारीको अवसर रहेको छ। नेपालमा पनि एल. आर. बी. पी. नामक स्वीस कम्पनीले चौथौ वर्षमा अध्यनरत बिद्यार्थीहरुलाई प्रशिक्षार्थी कामदारको रुपमा लिने गरेको छ।
एउटा सक्षम र सफल इन्जिनियर हुनको लागि, सैधान्तिक ज्ञानमात्र नभएर सहि ढंग र क्षमताको पनि जरुरी हुन्छ। श्रेष्ठका अनुसार, यी कुराहरुको सहि मिश्रण हुनु नै एउटा असल इन्जिनियरको पहिचान हो।
सिभिल इन्जिनियरिङ पढ्न भर्ना हुनुभन्दा अगाडि हरेक बिद्यार्थीले आफू त्यस क्षेत्रको लागि योग्य भए-नभएको पत्ता लगाउन उत्तिकै जरुरी देखिन्छ। अन्य केहि शैक्षिक क्षेत्रमा जस्तो सैधान्तिक शिक्षाले मात्र सक्षम इन्जिनियर उत्पादन गर्न सक्दैन। तसर्थ आफूमा इन्जिनियरिङ पढ्न सक्ने गुणहरु छन् भने मात्र यो क्षेत्रमा लाग्नु राम्रो हुने विज्ञहरु बताउँछन्। नेपालको रोजगारीबारे थप जानकारीको लागि लिंकमा जानुहोस।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

May 15, 2026

Mar 15, 2026