Newspaper Tender

Source: Gorkhapatra

Published Date : Apr 27, 2021
Deadline : May 11, 2021, noon
Views : 296

Solar Electric Fencing गर्नुपर्ने

राष्ट्रिय प्रकृति संरक्षण कोष
केन्द्रीय कार्यालय, खुमलटार, ललितपुर 
सिलबन्दी बोलपत्र आह्वानको सूचना
(प्रकाशित मिति २०७८ बैशाख १४ गते) 

यस कोषद्वारा आ.ब२०७७/०७८ मा झापा जिल्लाको जलथल जगल क्षेत्रमा विगत आर्थिक वर्ष ०७५/०७६ मा भएको विद्युतीय तारबार बाट जोडेर लगभग ६ (छ) किलोमिटर क्षेत्रमा विद्युतीय तारबार (Solar Electric Fencing) गर्नुपर्ने भएकोले ईच्छुक नेपाल सरकार बाट ईजाजत प्राप्त तथा मूल्य अभिवृद्धि करमा दर्ता भई २०७६/०७७ को कर चुक्ता भएका फर्म कम्पनीहरुबाट यो सूचना प्रकाशित भएको मितिले २०७८।०१।२९ भित्र रितपूर्वकको सिलवन्दी बोलपत्र पेश गर्न आह्वान गरिएको छ । आ.ब. २०७७०७८ को फर्म नविकरण प्रमाण पत्र, प्यान भ्याटमा दर्ता भएको प्रमाणपत्र तथा आ.ब. २०७६/०७७ को आयकर चुक्ता प्रमाण पत्रको प्रतिलिपि साथ निवेदन पेश गरी सिलबन्दी बोलपत्रको फाराम कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुर बाट तथा सदर चिडियाखाना, जावलाखेल, ललितपुर बाट रु. ३,०००।- (तीन हजार रुपैयाँ मात्र फिर्ता नहुने गरी तिरी खरिद गर्न सकिने छ । मिति २०७।०१।२८ सम्म कार्यालय समय भित्र सिलबन्दी बोलपत्रको फाराम खरिद गरी मिति २०७८।०१।२९ को दिनको १:०० बजे भित्र सिलवन्दी बोलपत्र कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरमा दर्ता गरी सक्नु पर्ने छ । दर्ता भएका बोलपत्रहरु मिति २०७।०१।२९ को दिनको २:३० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन । दर्ता हुन आएका बोलपत्रहरु स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कोषमा निहित रहनेछ । यस सम्बन्धि विस्तृत सूचना कोषको केन्द्रीय कार्यालय, खुमलटार, ललितपुरको सूचना पाटिमा टाँस गरिएको तथा कोषको वेव साइट www.ntnc.org.np मा राखिएको छ।


Search, Apply & Get Job: FREE