Newspaper Tender

Source: Annapurna Post

Tender Category : Textile
Type : Bolpatra
Published Date : Apr 21, 2021
Deadline : May 22, 2021, noon
Type : Bolpatra
Views : 367

सुति कपडा आपूर्ति

नेपाल सरकार 
उधोग बाणिज्य तथा आपूर्ति मन्त्रालय
उधोग विभाग 
केन्द्रिय कारागार कारखाना, काठमाडौ
भोटेबहाल 
सिलबन्दी बोलपत्र आहृवानको सूचना
(प्रकाशित मिति : २०७८/०१/०८ गते।

यस कार्यालयमा रहेका कैदी बन्दीहरु मध्ये यस आ.व.०७७/०७८ मा कैदीबन्दीहरु द्वारा उत्पादन गरीने सुति कपडालाई उल्लेखित सामान आपूर्तिका लागि स्पेसिफिकेसन अनुसारको सुति धागो खरिद गर्नुपर्ने भएकाले इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दता भएका इच्छुक फर्म वा कम्पनीहरुबाट देहायका शतबमोजिम रितपूर्वकको सिलबन्दी बोलपत्र आह्वान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिल : 

१. बोलपत्रको लागि फर्म दर्ता तथा मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित रु. ३,०००।- (फिर्ता नहुने गरी। नगद बुझाएको भौचर वा यस केन्द्रिय कारागार कारखाना भोटेबहालको कोड नं. ३०७००३५०२ राष्ट्रिय वाणिज्य बैंक, टेकस्थित राजश्व खाता न.१०००२०००१००० राजश्व संकेत नं १४२२७ मा दाखिला गरी बोलपत्र फारम PPMO को वेभ साईट www.bolpatra.gov.np मा गई डाउनलोड गर्न सकिनेछ सो बोलपत्रमा दररेट भरी सहीछाप गरी सोको साथ मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र, उद्योग/कम्पनी दर्ता तथा नविकरण गरेको प्रमाणपत्र, आ.व. ०७६/७७ को कर चुक्ता गरेको । 

२. प्रमाणपत्रको प्रतिलिपी कागजातहरु नोटरी पब्लिकबाट प्रमाणित गराई सुति धागो आपुर्तिको बोलपत्र अपलोड गर्न सकिनेछ।

३. बोलपत्रमा उल्लेखित स्पेशिफीकेशन वमोजिम सुति धागोको नमुना छुट्टा छुट्टै २/२ प्रतिका दरले प्रमाणित गरी सिलबन्दि गरी बाहिरी खाममा पेश गर्नेको नाम, ठेगाना सिरक डसना तन्ना को नमना भनि प्रस्ट उल्लेख गरी पेश गर्नपर्नेछ सो नमना फिर्ता गरीने छैन।

४. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औ दिन कार्यालय समय भित्र बोलपत्र फाराम खरिद गरी सक्नुपर्ने छ।

५. बोलपत्र e-bidding को माध्यमबाट मात्र पेश गर्न सकिने छ ।

६. बोलपत्रमा सामानको दररेट अंक र अक्षरमा लेख्नुपर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । 

७. यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १२.०० बजेभित्र E-Bid मार्फत बोलपत्र दर्ता गराई सक्नुपर्नेछ । E-Bid मार्फत कागजात पेश गर्दा बोलपत्र साथ आवश्यक पर्ने सम्पुर्ण कागजातहरु PPMO को वेभ साईट www.bolpatra.gov.np मा गई अपलोड गराउन पर्ने छ । यसरी म्याद भित्र दर्ता हुन आएका बोलपत्रहरु सोही दिन दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा वा नमुना र अन्य कागजातको खामबन्दि पेश नगरेमा पनि बोलपत्र खोल्न कुनै वाधा पुग्ने छैन ।

८. बोलपत्र खरिद गर्ने अन्तिम दिन/ दता गर्ने / खोल्ने दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट सोही समय अनुसार उक्त कार्य सम्पन्न गरिनेछ। 

9. जमानत वापत जम्मा गर्नुपर्ने रकम रु.१,८०,०००/- (अक्षरेपी रु एक लाख असी हजार मात्र यस कार्यालयको कोड नं.३०७००३५०२ बाट को.ले.नि.का. त्रिपुरेश्वरको रा.बा. बैंक, टेक शाखामा रहेको धरौटी खाता नं. १७००२०३ मा जम्मा गरेको सक्कलै बैंक भौचर वा घटीमा वोलपत्र दर्ता गर्ने अन्तिम मितिबाट बोलपत्रको मान्य अवधिभन्दा कम्तिमा १२०) एक सय विस दिन म्याद भएको नेपाल सरकारबाट मान्यता प्राप्त क बर्गका बाणिज्य बैकबाट यस कार्यालयको नाममा जारी भएको बोलपत्र जमानत पेश गर्नुपर्ने छ।

१०.e-bidding को माध्यमबाट बोलपत्र पेश गर्नका लागि बोलपत्रदाताहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolpatra.gov.np मा Bidder को रुपमा Registration गरेपश्चात् सो पोर्टलको home page मा bidder को रुपमा login गरी Bid Document Download गर्न सकिने साथै Standard Bid Document तथा उक्त पोटलमा उल्लेख गरिएको निर्देशन बमोजिम Bidder ले e-bid पेश गर्न सक्नेछन् । 

११. खरिद प्रकयामा प्रभाव पार्ने मनसायले बैंक जमानत संलग्न नराखी बोलपत्र दर्ता गरेको । बोलपत्र नै नभरेको वा दर कबल नगरी खाली बोलपत्र पेश गर्ने र कार्यालयबाट बिक्री नभएको बोलपत्र पेश गर्ने जस्ता बोलपत्रदाताको आचरण विपरित कयाकलाप भएको पाइएमा त्यस्ता बोलपत्रदातालाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ वमोजिम कालोसूचीमा सूचीकृत गरी सार्वजनिक सूचनाद्वारा जानकारी गराइनेछ। 

१२. बोलपत्र फारम पेश गर्दा गत बिगत ५ बर्ष भित्रको कुनै एक आ.व.मा तोकिएको परिमाणको २५% ले हुने वा सो कार्यको लागत अनुमान को २५% रकम वरावरको नेपाल सरकार मातहत रहेका संघ सस्था वा सरकारी कार्यालयहरुमा काम गरेको कार्य अनुभवको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।

१३. सम्बन्धित फर्म वा कम्पनी आफैले खरिद गरेको बोलपत्र सम्बन्धि कागजातहरु पूर्ण रुपमा भरी पेश गर्नुपर्नेछ । रीत नपुगेको वा म्याद नाघी आएको बोलपत्रमाथि कुनै कारवाही गरिने छैन । 

१४. कार्यालयमा दाखिला भएको बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार नियमानुसार अधिकार प्राप्त अधिकारीमा पूर्ण रुपमा सुरक्षित रहनेछ।

१५. बोलपत्रसम्बन्धी थप कुनै कुरा बुझ्नुपरेमा कार्यालय समयमा यस कार्यालयमा सम्पर्क राख्न सकिनेछ। १६. अन्य यस सुचनामा उल्लेख नभएका कुराहरु सार्वजनिक खरिद ऐन २०६३, र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम हुनेछ।


Search, Apply & Get Job: FREE