
विभिन्न पदहरु जस्तै Jr. Assistant, Senior Assistant, officer र Senior Officer को लागि आवेदनको आहवान गरिएको छ।
Jr. Assistant पदमा आवेदन भर्नको लागि स्नातक तहमा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ। साथै आवेदकको उमेर हद बढीमा २५ वर्ष तोकिएको छ।
त्यसै गरी Sr. Assistant पदमा आवेदन भर्नको लागि पनि स्नातक तहमा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ र १ वर्षको कार्य अनुभव पनि तोकिएको छ। साथै आवेदकको उमेर हद बढीमा २८ वर्ष तोकिएको छ।
३ CGPA ल्याएर स्नातोतर उतिर्ण भएकाले Supervisor – Officer पदको लागि आवेदन भर्न सक्नेछन्। यसका साथै सम्बन्धित क्षेत्रमा १ वर्षको कार्य अनुभव पनि तोकिएको छ। यस पदको लागि आवेदकको उमेर हद बढीमा ३५ वर्ष तोकिएको छ।
Sr. Officer – Deputy manager पदमा आवेदन भर्नको लागि पनि स्नातोतर तहमा ३ CGPA ल्याएर उतिर्ण भएको हुनुपर्ने छ र सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्य अनुभव पनि तोकिएको छ। साथै आवेदकको उमेर हद बढीमा ४० वर्ष तोकिएको छ।
आवेदन बुझाउदा इच्छुक व्यक्तिहरुले अनिवार्य रुपमा आफ्नो शैक्षिक तथा अरु उल्लेखित प्रमाण पत्रहरु यहि श्रावण १७ गते सम्म बुझाउनु पर्नेछ।
अन्तिममा छनोट हुने आवेदकहरुलाई काठमाडौँमा रहेको NMB Capital Limited मा खटाइने सो बिज्ञापनमा उल्लेख गरिएको छ।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026