
Date: Feb 24, 2016
|Total Views: 17916
इतिहास, कला, संस्कृति, राजनीति, विज्ञान, आदि विषयमा बहुवैकल्पिक वस्तुगत प्रश्नहरूको निःशुल्क रूपमा अनलाइन परीक्षा दिएर अभ्यास गर्नका लागि LOK SEWA MCQ को वेबसाइट उत्तम सहयोगी हुनसक्छ। लोकसेवा आयोगका विभिन्न पदको परीक्षाको तयारी गर्नका लागि लोकसेवा गाइड डटकम मा पनि LOG IN गर्न सकिन्छ। यस वेबसाइटमा केहि शुल्क तिरेपछि विभिन्न पदका वस्तुगत तथा विषयगत पाठ्यसामग्रीहरू प्रदान गर्नुका साथै अनलाइनमार्फत लगातार परीक्षा दिन सकिने एवं प्रतिक्रिया समेत दिने व्यवस्था मिलाइएको छ। यस्तै, विभिन्न विदेशी वेबसाइटमा समेत नि:शुल्क रूपमा आईक्यू र सामान्य ज्ञानका प्रश्नोत्तरको अभ्यास गर्न सकिनुका साथै राष्ट्रिय अन्तराष्ट्रिय विषयका उपयोगी पाठ्यसामग्री समेत प्राप्त गर्न सकिन्छ। गुगलमा गएर आई क्यू टेष्ट (IQ test) वा जी के टेस्ट (GK test) टाइप गरी सर्च गरेर आफूलाई आवश्यक सामग्री खोज्न सकिन्छ भने लेखन अभ्यास, स्मरणशक्ति बढाउने अभ्यास आदि उपयोगी अभ्यासहरु सजिलै प्राप्त गर्न सकिन्छ।
इन्टरनेट प्रयोगकर्तामाझ अत्यन्त लोकप्रिय फेसबुकमा पनि लोकसेवा परीक्षा तयारीका समाग्री प्रस्तुत गर्ने विभिन्न फेसबुक पेज खोल्ने होडबाजी नै चलेको छ। यस्ता पेजहरुबाट नि:शुल्क रुपमा परीक्षाको तयारी सम्बन्धि सामग्री सेयर हुन्छन र च्याटका माध्यामबाट सामुहिक छलफल गर्न पनि सकिन्छ। सामान्य ज्ञान सम्बन्धि सामग्री, लोकसेवा आयोगका बिज्ञापन, नतिजाको सूचना, आइ क्यु (IQ) प्रश्नोत्तर, विभिन्न पदका विषयगत पत्रको नोट, आदि सामग्री नियमितरुपमा प्रस्तुत गर्ने धेरै फेसबुक पेजहरु सक्रिय रहेका छन्। लोकसेवाको नाम जोडेर बनेका धेरै पेजहरु मध्ये सक्रियता, सामग्री र लाइक गर्ने संख्याको आधारमा हेर्ने हो भने 'लोकसेवा आयोग', 'घरबाटै लोकसेवाको तयारी', 'लोकसेवा डट एनपी', 'फेसबुकबाटै लोकसेवाको तयारी', 'लोकसेवा सहयोगी', 'लोकसेवाको तयारी' आदि लोकप्रिय र उपयोगी छन्।
नयाँ कुरा सिक्न र पाठ्यक्रममा परिमार्जित सामग्रीहरुमा पोख्त भई भइ परीक्षामा आफूलाई अब्बल साबित गर्न सूचना-प्रविधिको प्रयोगले निक्कै सजिलो बनाइदिएको छ। सरकारी जागिरप्रतिको बढ्दो आकर्षणले प्रतिस्पर्धा पनि निक्कै तिब्र बनाइदिएको देखिन्छ। पुरानो शैलीको 'किताब घोकाइ' अबको प्रतिस्पर्धाका लागि पर्याप्त नहुने र इन्टरनेटको पहुँचलाई अधिकतम उपयोग गर्न नसके पछाडी परिने धेरै परीक्षार्थीको धारणा छ।
Recommended

HR Insider
100th Edition HR Kurakani: Employer Branding A way to attract and retain talent
Jan 05, 2026

Dec 15, 2025

Dec 12, 2025