
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०८० सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो ।
वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ।
मुलुकभरि सार्वजनिक बिदाहुने पर्वहरु;
नव वर्ष बैशाख १ गते (शुक्रबार); राई, लिम्बु, याक्खा, सुनुवार, लगायतका किराँत समुदायको उभौली पर्व बैशाख २२ गते (शुक्रबार); रक्षाबन्धन भदौ १४ गते (बिहीबार); श्रीकृष्ण जन्माष्टमी भदौ २० गते (बुधबार); घटस्थापना असोज २८ गते (आइतबार) परेको छ।
कात्तिक ४ देखि कात्तिक ९ गतेसम्म (शनिबार -बिहीबार) बडा दशैंको बिदा छ। त्यस्तै तिहार बिदा कात्तिक २६ गतेदेखि ३० गतेसम्म (आइतबार - बिहीबार) र छठ मंसिर ३ गते (आइतबार) हुनेछ।
त्यस्तै किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि - ज्यापू दिवश पुस १० गते (मंगलबार), इसाई धर्मावलम्बीहरुको पर्व/क्रिसमस डे पुस ९ गते (सोमबार), तमु ल्होसार पुस १५ गते (आइतबार), माघेसङ्क्रान्ति माघ १ गते (सोमबार), सोनाम ल्होसार माघ २७ गते (शनिबार), महाशिवरात्री फागुन २५ गते (शुक्रबार), हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो ल्होसार फागुन २८ गते (सोमबार) परेको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) र (ईद उल फित्र ) दिन पनि बिदा छ।
त्यस्तै फागुपूर्णिमा, हिमाली र पहाडी लगायतका ५६ जिल्लाहरुमा चैत ११ गते (आइतबार) तथा देहायका तराई जिल्लाहरुमा चैत १२ गते (सोमबार) बिदा दिने व्यवस्था गरिएको छ।
त्यस्तै, गौरा पर्व भदौ ७ गते (बिहीबार), सिरुवा पूर्णिमा को दिन झापा, मोरंग, सुनसरी, सिराहा र सप्तरी जिल्लाहरुमा बिदा छ।
यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा भदौ १४ गते (बिहीबार), इन्द्रजात्रा असोज ११ गते (बिहीबार), घोडेजात्रा चैत २६ गते (सोमबार) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ।
वसन्त पञ्चमीमा फागुन २ गते (बुधबार) शिक्षण संस्थाहरु लागि मात्र बिदा हुनेछ।
मुलुकभरी सबैलाई हुने सर्वजनिक दिवस बिदाहरु विश्वव मजदुर दिवस वैशाख १८ गते (सोमबार), गणतन्त्र दिवस जेठ १५ गते (सोमबार), संविधान दिवस असोज ३ गते (बुधबार), जनयुद्ध दिवश फागुन १ (मंगलबार), राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते (सोमबार) रहेका छन्।
महिला कर्मचारीहरुका लागि महिला दिवस फागुन २५ गते (शुक्रबार), हरितालिका तीज असोज १ गते (सोमबार) र जितिया पर्व असोज २० गते (शनिबार) रहेको छ।
अपाङ्गता भएका सम्पूर्ण कर्मचारीहरुलाई अपाङ्ग दिवस मंसिर १७ गते (आइतबार) बिदा दिने व्यवस्था गरिएको छ।
फाल्गुनन्द जयन्ती कात्तिक २५ गते (शनिबार), मोहम्मद जयन्तीका दिन र गुरु नानकको जयन्तीका मंसिर ११ गते (सोमबार) सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ।
बुद्ध जयन्ती बैशाख २२ गते (शुक्रबार) र पृथ्वी जयन्ति पुस २७ गते बिदा दिइनेछ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ गते (आइतबार) , निजामति सेवा दिवस भदौ २२ गते (शुक्रबार), सहिद दिवस माघ १६ गते (मंगलबार) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन।
बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय १० बजेदेखि ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबारको दिन ३ बजेसम्म कार्यालय खुल्नेछ।
.jpg)
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026

Aug 12, 2026

Aug 07, 2026

Jul 29, 2026