
काठमाडौं, १० जेनेवरी २०२०, नेपालको मानव संसाधन क्षेत्रको इतिहासमा, नेपालमै पहिलोपल्ट, मानव संशाधनको आवश्यकता बारे जनचेतना जगाउने उदेश्यले, उद्योगी, ब्यापारी, मानव संसाधन विज्ञ तथा अभ्यासकर्ता, संस्थाका प्रमुखहरुलाइ लक्षित गरि रियल सल्युसंस, मेरोजब, रोजगारी सर्भिसेस तथा आयुलोजीकको संयुक्त आयोजनामा काठमाडौं स्थित हायात होटलमा एच आर फेस्टिभल समारोह आयोजना भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि माननीय श्रम मन्त्रि श्री रामेश्वर राय यादव ज्युले स्किल्स फोर इमप्लोइमेन्ट प्रोग्राम (सीप) का टीम लीडर, श्री बलजित वोहरा र रोजगारी सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक श्री शैलेन्द्र राज गिरी का साथ रोजगारी सर्भिसेस को नयाँ वेबसाइट र एप आधिकारिक रूपमा सुरूवात गर्नुभएको थियो। रोजगारी सर्भिसेस को नयाँ वेबसाइट र एप, युके एड स्किल्स फोर इमप्लोइमेन्ट प्रोग्राम (सीप) को साथ साझेदारीमा शुरू गरिएको हो।
कार्यक्रममा अन्तर्राष्ट्रिय मानव संसाधन संजाल भएको संस्था सोसाइटि अफ म्ह्युमन रिसोर्स म्यानेजमेन्ट भारतका तर्फबाट सुश्री रुना मैत्राले नेपालका मानव संसाधन अभ्यास्कर्ताहरुले सर्टिफ़िकेसन कोर्स लिएर अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्राप्त गर्न सक्नुहुने जानकारी गराउनुभयो। त्यसै गरि श्री शैलेन्द्र राज गिरी र आयुलोजीकका व्यवसाय निर्देशक श्री राजेश श्रेष्ठ द्वारा नयाँ ईन्टरफेस र थप विशेषताहरु सहित RealHRsoft Version 2.0 को सुरूवात गर्नुभएको थियो।
कार्यक्रममा आयोजित एक समारोह बिच रियल सल्युसनका प्रबन्ध निर्देशक श्री शैलेन्द्र राज गिरीले र मर्सर मेटल का व्यवसाय प्रमुख श्री अमित दास द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। मर्सर मेटल एक विश्वव्यापी मान्यता प्राप्त अनलाइन प्रतिभा मूल्यांकन प्रदाता हो। मर्सर मेटलले सही सीप आकलन गर्नको लागी बहु मूल्यांकन उपकरणहरुको उपयोग द्वारा समग्र मूल्यांकन प्रदान गर्दछ। सोहि सेवा नेपालमा प्रदान गर्ने उद्देश्यले रियल सल्युसन र मर्सर मेटल को बिच सम्झौता भएको हो।
कार्यक्रममा बिभिन्न स्टलहरु रखिएको थियो जहा सहभागीहरुले एच आर सम्बन्धि ज्ञान प्राप्त गर्दै मनोरंजन युक्त क्रियाकलापमा पनि सहभागी हुनुभएको थियो।
रियल सल्युसनका प्रबन्ध निर्देशक श्री शैलेन्द्र राज गिरीले कार्यक्रम सफलताका सम्पन्न भएको जानकारी गराउनुभयो। उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका गरि करिब ५०० जना उद्योगी, ब्यापारी, मानव संसाधन विज्ञ तथा अभ्यासकर्ताको सहभागिता थियो।
Recommended

HR Insider
107th HR Kurakani: Decentralizing HR - What Should Line Managers Own vs. Escalate?
Aug 17, 2026