Similar JobsPowered by Merojob AI

Deadline: Oct 14, 2026

Deadline: Oct 12, 2026

Deadline: Oct 05, 2026

Deadline: Oct 07, 2026
श्री मेश्रम वराह माध्यमिक विद्यालय
Source: Adarsha Samaj
Job Description
Roles and responsibilities of this job

श्री मेश्रम वराह माध्यमिक विद्यालय
अन्नपूर्ण- १०, घान्द्रुक, कास्की
यस श्री मेश्रम बराह माध्यमिक विद्यालय, अन्नपूर्ण १०, घान्द्रुक, कास्कीको विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/०८ गते बसेको बैठकको निर्णय तथा अन्नपूर्ण गाउँपालिकाको पत्र सङ्ख्या २०८३/०८४ च.नं. २९६ मिति २०८३/०६/१३ को अनुमतिपत्र अनुसार विद्यालयमा रिक्त रहेको माध्यमिक तह गणित विषयको दरवन्दीमा करारमा शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं: ०३/०८३
विषय: गणित
किसिम : करार
संख्या: १ (एक) जना
पद : माध्यमिक तह तृतीय श्रेणी शिक्षक
उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक वा सो सरह
दरखास्त दस्तुर रू: १,०००/- (एक हजार रूपैयाँ मात्र)
दरखास्त आह्वान मिति : २०८३/०६/१३ गते (प्रथम पटक)
दरखास्त दिने अन्तिम मिति: २०८३/०६/२७ गते (४ बजेसम्म)
तलब स्केल: नेपाल सरकारले तोके बमोजिम
सम्पर्क मिति: २०८३/०६/२८ गते
परीक्षा मिति: सम्पर्क मितिमा तोकिने छ ।
परीक्षाको किसिम : लिखित (शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित प्रथम र दोस्रो पत्र) र अन्तर्वार्ता
आवश्यक कागजात: निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, अध्यापन अनुमतिपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभवसम्बन्धी प्रमाणपत्रका प्रतिलिपिहरु ।
शिक्षक सेवा आयोगको करार सूचीमा नाम भएका उमेदवारले एक हप्ताभित्र आवेदन दिनुहुन अनुरोध छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 13, 2026
About the organization

Education - School & Colleges