Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026
छत्रदेव गाउँपालिका
Source: Aarthik Dainik
Job Description
Roles and responsibilities of this job

छत्रदेव गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
छत्रगञ्ज, अर्घाखाँची
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०२
यस कार्यालयको निर्णयानुसार तपसिलबमोजिमका पदमा सेवा करारमा जनशक्ति लिनुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. पद तथा आवश्यक न्यूनतम शैक्षिक योग्यता
विज्ञापन नं. १/२०८३/०८४
पद: हेल्थ असिस्टेन्ट (पाँचौँ तह)
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ असिस्टेन्ट कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।
विज्ञापन नं. २/२०८३/०८४
पद: अ.हे.व. (चौथो तह)
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट CMA कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।
विज्ञापन नं. ३/२०८३/०८४
पद: अ.न.मी.
माग संख्या: २ (दुई)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट ANM कोर्स उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको।
विज्ञापन नं. ४/२०८३/०८४
पद: उद्यम विकास सहजकर्ता (चौथो तह)
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: CTEVT बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त तह २ वा ३ उत्तीर्ण गरेको वा CTEVT बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) उत्तीर्ण गरेको।
विज्ञापन नं. ५/२०८३/०८४
पद: फिल्ड सहायक (चौथो तह)
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण गरेको।
विज्ञापन नं. ६/२०८३/०८४
पद: मनोसामाजिक परामर्शकर्ता (पाँचौँ तह)
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स/हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको वा साइकोलोजी/सोसल वर्क विषयमा स्नातक उत्तीर्ण गरेको।
विज्ञापन नं. ७/२०८३/०८४
पद: द्वन्द्वपीडित स्वयंसेवक
माग संख्या: १ (एक)
आवश्यक न्यूनतम शैक्षिक योग्यता: SLC/SEE वा सो सरह उत्तीर्ण गरेको।
२. निवेदन दिने अन्तिम मिति: २०८३/०६/१६ गते कार्यालय समयभित्र।
३. उमेर: उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।
४. परीक्षाको किसिम: सम्बन्धित मापदण्डबमोजिम छोटो सूची प्रकाशन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता हुनेछ।
५. दरखास्त दिने स्थान: छत्रदेव गाउँ कार्यपालिकाको कार्यालय, छत्रगञ्ज, अर्घाखाँची।
६. निवेदन दस्तुर: निवेदन दस्तुर रु. ५००।– बुझाएको सक्कल भौचर आवेदन फारामसाथ पेस गर्नुपर्नेछ।
७. सेवा सुविधा: गाउँ कार्यपालिकाको कार्यालयको निर्णयानुसार हुनेछ।
८. सम्पर्क मिति: २०८३/०६/१९ गते। सम्पर्क मितिमा छनोट परीक्षासम्बन्धी जानकारी गराइनेछ।
९. आवेदनसाथ पेस गर्नुपर्ने कागजातहरू
आवेदनसाथ देहायका कागजातहरू पेस गर्नुपर्नेछ:
नोट: पेस गरिने सबै कागजातका प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गरेको हुनुपर्नेछ।
१०. अन्य जानकारी:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 02, 2026
About the organization

Government Organization