Similar JobsPowered by Merojob AI

Deadline: Oct 14, 2026

Deadline: Oct 07, 2026

Deadline: Oct 16, 2026
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
Source: Aarthik Abhiyan
Ai Job Summary
Job Description
Roles and responsibilities of this job

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
कर्पोरेट कार्यालय: बूढीगंगा–१, पुष्पलालचोक, मोरङ
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको इजाजतपत्र प्राप्त कोशी प्रदेशस्तरीय यस गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडमा तपसिलबमोजिमका रिक्त पदहरू पूर्ति गर्नुपर्ने भएकाले उल्लिखित शर्तहरूको अधीनमा रही यो सूचना प्रकाशन भएको मितिले २५ दिनभित्र अर्थात् २०८३ साल कार्तिक ११ गते कार्यालय समयभित्र इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
१. विज्ञापन नं., पद, श्रेणी, न्यूनतम शैक्षिक योग्यता तथा अनुभव
विज्ञापन नं. १०१/२०८३/८४ — वरिष्ठ सहायक
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
कार्यअनुभव: लघुवित्त क्षेत्रमा एक तह मुनिको पदमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको वा हाल सहायक पदमा कार्यरत रहेको हुनुपर्नेछ।
विज्ञापन नं. २०२/२०८३/८४ — सहायक
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
कार्यअनुभव: लघुवित्त क्षेत्रमा एक तह मुनिको पदमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको वा हाल कनिष्ठ सहायक पदमा कार्यरत रहेको हुनुपर्नेछ।
विज्ञापन नं. ३०३/२०८३/८४ — कनिष्ठ सहायक
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
कार्यअनुभव: लघुवित्त क्षेत्रमा कार्यअनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
विज्ञापन नं. ४०४/२०८३/८४ — कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे)
न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्था/बोर्डबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
कार्यअनुभव: आवश्यक नपर्ने।
२. परीक्षाको किसिम: अन्तरवार्ता तथा फिल्ड अवधारणा।
३. उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप गरिएको छ।
४. परीक्षा दस्तुर: परीक्षा दस्तुर लाग्ने छैन।
५. काम गर्नुपर्ने कार्यालय: छनौट भएका उम्मेदवारहरूले वित्तीय संस्थाले खटाएको जुनसुकै कार्यालयमा रही काम गर्नुपर्नेछ। ग्रामीण तथा दुर्गम क्षेत्रमा काम गर्न इच्छुक उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।
६. दरखास्त फाराम बुझाउने स्थान तथा प्रक्रिया
७. छनौट प्रक्रिया
८. आवेदन अस्वीकृत वा विज्ञापन रद्द गर्ने सम्बन्धमा: वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा सुरक्षित रहनेछ।
९. अन्य:अन्य कुराहरू वित्तीय संस्थाको विनियमावली तथा पदपूर्ति समितिको निर्णयबमोजिम हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 27, 2026
About the organization

Finance Companies