Similar JobsPowered by Merojob AI

Deadline: Oct 28, 2026

Deadline: Oct 23, 2026

Deadline: Oct 30, 2026
छिमेक बजार व्यवस्था कम्पनी लिमिटेड
Source: Nagarik
Job Summary
Job Description
Roles and responsibilities of this job

छिमेक बजार व्यवस्था कम्पनी लिमिटेड
केन्द्रीय कार्यालय: मध्य बानेश्वर–३१, काठमाडौं
मिति २०६७ साल फागुन २० गते काठमाडौंस्थित कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई कम्पनीमा आबद्ध सदस्य तथा सर्वसाधारण सेवाग्राहीहरूलाई स्वास्थ्य, शिक्षा तथा बजार व्यवस्थापनसम्बन्धी आवश्यक सेवाहरू उपलब्ध गराउने उद्देश्यले यस कम्पनीको स्थापना पब्लिक लिमिटेड कम्पनीका रूपमा गरिएको हो।
यस कम्पनीका उद्देश्यहरूमा कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपमा सम्भाव्य देखिएका उत्पादनशील व्यवसायहरूको स्थापना, विकास तथा विस्तार गर्ने; कम्पनीद्वारा उत्पादित वस्तु, सामान तथा सेवाहरू स्वदेश तथा विदेशमा बिक्री-वितरण एवं निकासी गर्ने; विदेशमा उत्पादित वस्तु, सामान तथा सेवाहरू आयात गरी बिक्री-वितरण गर्ने; तथा स्वदेशी एवं विदेशी कम्पनी वा उद्योगद्वारा उत्पादित वस्तुहरूको संस्थागत डिलरसीप लिई कार्य गर्ने लगायतका रहेका छन्।
यस कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।
इच्छुक उम्मेदवारले दरखास्तसाथ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता तथा कार्यानुभवका प्रमाणपत्रहरूको प्रतिलिपि, व्यावसायिक योजना र सम्पर्क फोन नम्बर संलग्न गरी तोकिएको म्यादभित्र यस कम्पनीको केन्द्रीय कार्यालय, मध्य बानेश्वर–३१, काठमाडौंमा वा इमेल ठेगाना [email protected] मार्फत दरखास्त पेस गर्नुपर्नेछ।
कम्पनीको हितलाई ध्यानमा राखी प्राप्त दरखास्तहरू कारण खोली वा नखोली अस्वीकृत गर्ने वा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार यस कम्पनीमा सुरक्षित रहनेछ।
१. पदसम्बन्धी विवरण
२. न्यूनतम शैक्षिक योग्यता तथा अन्य आवश्यक योग्यता
३. छनोट प्रक्रिया: उम्मेदवारको छनोट व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।
४. पारिश्रमिक तथा अन्य सुविधा: पारिश्रमिक तथा अन्य सुविधाहरू आपसी समझदारीमा तय गरिनेछन्।
५. दरखास्त दिने अन्तिम मिति: दरखास्त दिने अन्तिम मिति २०८३/०८/०१ गते कार्यालय समयभित्र हुनेछ। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिन कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।
६. प्रारम्भिक छनोट तथा अन्तर्वार्तासम्बन्धी जानकारी: प्रारम्भिक छनोटमा परेका आवेदकहरूलाई अन्तर्वार्ताको मिति, समय तथा स्थानसम्बन्धी जानकारी यस कम्पनीको सूचना पाटी तथा आवेदकले उपलब्ध गराएको सम्पर्क फोन नम्बरमार्फत गराइनेछ।
७. व्यावसायिक योजना: उम्मेदवारले दरखास्तसाथ यस कम्पनीको आगामी कार्यदिशासम्बन्धी बढीमा २,००० शब्दमा तयार गरिएको व्यावसायिक योजना अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
८. प्रमुख जिम्मेवारीहरू
प्रमुख कार्यकारी अधिकृतका प्रमुख जिम्मेवारीहरू देहायबमोजिम हुनेछन्:
Job Specification
Required qualifications for this job
Skills Required
Required skills for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 17, 2026
About the organization

Other