Similar JobsPowered by Merojob AI

Deadline: Oct 30, 2026

Deadline: Oct 28, 2026

Deadline: Oct 23, 2026
बूढानीलकण्ठ नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Gorkhapatra
Job Summary
Job Description
Roles and responsibilities of this job
बूढानीलकण्ठ नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
हात्तीगौंडा, काठमाडौं, बागमती प्रदेश, नेपाल।
(प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०६/२९)
बूढानीलकण्ठ नगरपालिकामा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम सञ्चालनका लागि सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाह, समस्या समाधानमा सहयोग तथा सहजीकरण, मनोसामाजिक परामर्श र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न देहायबमोजिमका जनशक्ति करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिनभित्र तोकिएबमोजिमका प्रमाणपत्रहरू तथा बूढानीलकण्ठ नगरपालिकाको नाममा प्रभु बैंक लिमिटेड, हात्तीगौंडा शाखामा रहेको आन्तरिक राजस्व खातामा परीक्षा दस्तुर दाखिला गरेको सक्कल रसिदसहित दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं: ०१/०८३-८४
२. पद: मनोसामाजिक परामर्शकर्ता
३. तह: सहायक स्तर (पाँचौँ)
४. परीक्षा दस्तुर: रु. ५००/- (पाँच सय रुपैयाँ मात्र)
५. माग पद सङ्ख्या: १ (एक)
आवेदन आह्वानसम्बन्धी विस्तृत सूचना बूढानीलकण्ठ नगरपालिकाको आधिकारिक वेबसाइट www.budhanilkanthamun.gov.np बाट प्राप्त गर्न सकिनेछ।
पदपूर्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया बूढानीलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ तथा सुरक्षित आप्रवासन (SaMi) कार्यक्रम (चौथो चरण) सञ्चालन मार्गदर्शन, २०८१ बमोजिम हुनेछ।
पदपूर्तिसम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा पदपूर्ति समितिको निर्णय अन्तिम हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 05, 2026
About the organization

Government Organization