
Deadline: Aug 31, 2026

Deadline: Aug 31, 2026

Deadline: Sep 02, 2026

Deadline: Sep 03, 2026
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ
Source: Dhorpatan News
Job Description
Roles and responsibilities of this job

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ
प्रथम पटक प्रकाशित मिति: २०८३/०५/११
प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ अन्तर्गत स्वास्थ्य सेवा प्रवाहका लागि तपसिलमा उल्लेखित पदहरूमा “गण्डकी प्रदेश सेवा करारमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन कार्यविधि, २०७९” बमोजिम चालु आ.व. २०८३/०८४ को आषाढ मसान्तसम्मका लागि सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट देहायबमोजिम दरखास्त आह्वान गरिएको छ।
१. विज्ञापन नं: १/०८३–८४
पद: मेडिकल अधिकृत
तह: आठौँ
माग पद संख्या: १
न्यूनतम शैक्षिक योग्यता: लोक सेवा आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरेको र नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
२. विज्ञापन नं: २/०८३–८४
पद: हे.अ./स्टाफ नर्स
तह: पाँचौँ
माग पद संख्या: २
न्यूनतम शैक्षिक योग्यता: लोक सेवा आयोगले तोकेको न्यूनतम योग्यता पूरा गरेको र सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
१. दरखास्त फाराम सम्बन्धमा: यस कार्यालयको वेबसाइट hobaglung.gandaki.gov.np मा उपलब्ध दरखास्त फाराम डाउनलोड गरी पूर्ण रूपमा भरेर, दरखास्त फारामसँग संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू सहित प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङमा पेश गर्नुपर्नेछ।
२. दरखास्त फारामसँग संलग्न गर्नुपर्ने कागजातहरू:
दरखास्तसँग पेश गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा दरखास्तवालाले स्वयं प्रमाणित गरी पेश गर्नुपर्नेछ।दरखास्त दिने अन्तिम दिनभित्र माथि उल्लिखित सम्पूर्ण कागजात तथा प्रमाणपत्रहरू हासिल गरिसकेको हुनुपर्नेछ। साथै, समकक्षता खुलाउनुपर्ने भएमा सो समेत खुल्ने कागजात पेश गर्नुपर्नेछ। रीत नपुगेको, म्याद नाघेको तथा शर्तसहित पेश गरिएको आवेदन दर्ता गरिने छैन।
३. दरखास्त दस्तुर: आठौँ तहका लागि रु. १,२००।– (एक हजार दुई सय) र पाँचौँ तहका लागि रु. ७००।– (सात सय) दरखास्त दस्तुर बुझाउनुपर्नेछ। दरखास्त दस्तुर बुझाएको सक्कल भौचर आवेदन फारामसँग अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
८. उम्मेदवार हुन आवश्यक योग्यता:
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 10, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre