Similar JobsPowered by Merojob AI

Deadline: Sep 21, 2026
बर्दिबास अस्पताल
Source: Other Source
Full Time
|Job Description
Roles and responsibilities of this job

बर्दिबास नगरपालिका
बर्दिबास अस्पताल
बर्दिबास, महोत्तरी
मधेश प्रदेश, नेपाल
(सूचना प्रकाशित मिति: २०८३/०६/०१)
बर्दिबास अस्पतालका विभिन्न विभाग/शाखा/इकाईमा रहने गरी देहायबमोजिमका पदमा आवश्यक संख्यामा प्राविधिक कर्मचारीहरू करार सेवामा राख्नुपर्ने भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र, कार्यालय समयभित्र दिनको २:०० बजेसम्म राजस्व तिरेको रसिदसहित दरखास्त पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फाराम, कार्य विवरण तथा सेवाका शर्तहरू सम्बन्धी विस्तृत विवरण अस्पतालको प्रशासन शाखाबाट उपलब्ध हुनेछ।
आवश्यक पद तथा न्यूनतम शैक्षिक योग्यता:
१. गाईनोकोलोजिष्ट – अधिकृत नवौँ तह – १ जना
मान्यता प्राप्त विश्वविद्यालयबाट MD/MS उत्तीर्ण गरेको हुनुपर्नेछ।
२. मेडिकल अधिकृत – अधिकृत आठौँ तह – २ जना
मान्यता प्राप्त विश्वविद्यालयबाट MBBS उत्तीर्ण गरेको हुनुपर्नेछ।
३. स्टाफ नर्स – सहायक पाँचौँ तह – ४ जना
मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Nursing वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
४. एनेस्थेसिया सहायक – सहायक पाँचौँ तह – १ जना
मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in General Medicine वा Diploma in Nursing उत्तीर्ण गरी Anesthesia Assistant को तालिम प्राप्त गरेको हुनुपर्नेछ।
५. फार्मेसी सहायक – सहायक पाँचौँ तह – १ जना
मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Pharmacy वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
६. फिजियोथेरापी सहायक – सहायक पाँचौँ तह – १ जना
मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Physiotherapy वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
७. ल्याब टेक्निसियन – सहायक पाँचौँ तह – १ जना
मान्यता प्राप्त शैक्षिक संस्थाबाट Diploma in Laboratory Technology वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
८. सहायक कम्प्युटर अपरेटर – सहायक चौथो तह – २ जना
कम्प्युटर विषय लिई कक्षा १२ उत्तीर्ण गरेको वा जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरी कम्तीमा ६ महिनाको कम्प्युटरसम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्नेछ।
उम्मेदवार हुने योग्यता:
दरखास्त दस्तुर:
उल्लिखित दस्तुर तिरी बर्दिबास अस्पतालको प्रशासन शाखाबाट दरखास्त फाराम लिन सकिनेछ।
दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू:
दरखास्तसाथ निम्न कागजातहरूको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ:
पेश गरिने सबै प्रमाणपत्र तथा कागजातका प्रतिलिपिको पछाडिपट्टि उम्मेदवार स्वयंले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्नेछ।
छनौट विधि: उम्मेदवारहरूको छनौट लिखित परीक्षा, शैक्षिक योग्यता, कार्य अनुभव, स्थानीय बासिन्दा भएबापत प्राप्त हुने अंक तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।
सेवा सुविधा तथा पारिश्रमिक: सेवा सुविधा तथा पारिश्रमिक अस्पतालको प्रचलित नियमअनुसार उपलब्ध गराइनेछ।
परीक्षा सम्बन्धी सूचना: लिखित परीक्षा तथा अन्तर्वार्ताको मिति, समय र स्थान सम्बन्धी सूचना पछि प्रकाशित गरिनेछ।
नोट: तोकिएको म्यादभित्र आवश्यक कागजातसहित दरखास्त पेश नगरेमा वा तोकिएको योग्यता नपुगेमा दरखास्त स्वतः रद्द हुनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 01, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre