Similar JobsPowered by Merojob AI

Deadline: Sep 14, 2026
उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.
रत्ननगर नगरपालिका–१, चितवन
यस उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि., रत्ननगर नगरपालिका–१, चितवनमा संस्थाको विकास, प्रवर्द्धन तथा सुशासन कायम गर्दै प्रोवेशन कार्यक्रममा रहेको संस्थाको नियमित कामकाज सुचारु रूपमा सञ्चालन गर्न प्रमुख व्यवस्थापक पदमा कर्मचारी आवश्यकता परेको हुँदा तपसिलमा उल्लिखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारहरूले संस्थाको कार्यालयमा स्वयं उपस्थित भई वा संस्थाको आधिकारिक इमेल [email protected] मार्फत दरखास्त पेश गर्न सक्नुहुनेछ।
१. पदसम्बन्धी विवरण:
पद: प्रमुख व्यवस्थापक
न्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन विषयमा स्नातक वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ।
अनुभव: सहकारी संघ–संस्था वा वित्तीय संस्थामा व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ।
आवश्यक ज्ञान, सीप तथा क्षमता:
२. छनोट विधि: उम्मेदवारहरूको छनोट लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तामार्फत गरिनेछ।
३. सेवा–सुविधा: सेवा–सुविधा संस्था र कर्मचारीबीच हुने सम्झौताबमोजिम हुनेछ।
४. उमेर: दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
५. आवेदन प्रक्रिया: मिति २०८३/०५/२८ मा प्रकाशित सूचनाका आधारमा यस पदमा आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले १० दिनभित्र अर्थात् मिति २०८३/०६/०६ गतेसम्म संस्थाको कार्यालयमा स्वयं उपस्थित भई वा संस्थाको आधिकारिक इमेलमार्फत हस्तलिखित निवेदनसहित दरखास्त पेश गर्नुपर्नेछ।
दरखास्तका साथ निम्न कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ:
६. अन्य जानकारी: समयभित्र प्राप्त भएका तथा आवश्यक योग्यता पूरा गरेका आवेदकहरूलाई मात्र छनोट प्रक्रियामा सहभागी गराइनेछ। प्राप्त दरखास्तहरूको प्रारम्भिक छनोट तथा परीक्षा प्रक्रिया सहकारी विज्ञमार्फत सञ्चालन गरिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 22, 2026
About the organization

Other