सोलुदुधकुण्ड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
सल्लेरी, सोलुखुम्बु
प्रदेश नं. १, नेपाल
प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति : २०७७/०५/१९)
प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स.२०७७/७८ च.न. PMEP/३३, मिति २०७७/०४/२५ को पत्रानुसार यस नगरपालिकामा सञ्चालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्ति गर्नका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।
- आवश्यक न्यूनतम योग्यता र अनुभव:
क. सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा ओभरसियर वा डिप्लोमा तह उतीर्ण भएको
ख. अनुभव र सीपः प्राविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ:
कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्युटर सीप भएको
पूर्वाधारको निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्ने र विश्लेक्षण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको।
ग. उमेर:- १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको - दरखास्त दिने स्थान:- सोलुदुधकुण्ड नगरपालिकाको कार्यालय, सल्लेरी, सोलुखुम्बु
- दरखास्त दिने अन्तिम मिति:-२०७७/०६/०२ गते सम्म
- आवेदनको दस्तर:- रु.५००/
- छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा
- आवेदन साथ संलग्न कागजातहरु:- आवेदक स्वयंले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु
नागरिकता
न्युनतम योग्यताको लब्धांक प्रमाणपत्र
चारित्रिक प्रमाण पत्र
अनुभव खुल्ने कागजात
२ प्रति पासपोर्ट साईजको फोटो - सेवा सुबिधा सम्बन्धमा : गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि प्रक्रियाको दफा (११), (१२) र (१४) बमोजिम हुनेछ ।
- पदले सम्पादित गर्नुपर्ने कार्यविवरण (गाउँपालिका तथा नगरपालिकामा प्राविधिक सहायक पदपूर्ति सम्बन्धि प्रक्रियाको दफा (९) बमोजिम हुनेछ।
- आवेदनको ढाँचा र प्राविधिक सहायक पदको कार्यविवरण लगायत अन्य जानाकारी www.pmep.gov.np मा समेत उपलब्ध छ।
प्रमुख प्रशासकीय अधिकृत