
Deadline: Jun 02, 2026

Deadline: May 30, 2026

Deadline: Jun 11, 2026

Deadline: Jun 26, 2026
लोक सेवा आयोग
Source: Gorkhapatra
Full Time
|Job Description
Roles and responsibilities of this job

आवश्यक न्यूनतम योग्यता:
(अ) आ.प्र.को लागि
(क) निजामती सेवातर्फ (रा.प.प्रथम र द्वितीय श्रेणी)
राजपत्रांकित प्रथम श्रेणीको लागि निजामती सेवाको बढुवा हुने पदसँग सम्बन्धित सेवाको रा.प.द्वितीय श्रेणीको पदमा ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेको र राजपत्रांकित द्वितीय श्रेणीको लागि राजपत्रांकित तृतीय श्रेणीको पदमा ५ वर्ष स्थायी सेवा अवधि पूरा गरेको। निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (१४क) अनुसार राजपत्रांकित द्वितीय श्रेणीको आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने पदहरुमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन, २०४९, व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भाव्य उम्मेदवार हुनेछन् । तर महिला, आदिवासी/ जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा स्थायी वसोबास भएका निजामती कर्मचारीको हकमा सो सेवा अवधिमा १ वर्ष कम भए पनि हुनेछ ।
ख) व्यवस्थापिका–संसद सेवातर्फ (रा.प. द्वितीय श्रेणी)
राजपत्रांकित द्वितीय श्रेणीको लागि बढुवा हुने पदसँग सम्बन्धित सेवाकोरा.प. तृतीय श्रेणीको लागि आवश्यक न्यूनतम योग्यता पूरा गरी सो पदमा ५ वर्ष सेवा अवधि पूरा गरेको । तर महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रमा स्थायी वसोबास भएका निजामती कर्मचारीको हकमा सो सेवा अवधिमा १ वर्ष कम भए पनि हुनेछ ।
(आ) खुलाको लागि
क) निजामती सेवातर्फ (रा.प.प्रथम र द्वितीय श्रेणी)
सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कुनै सरकारी सेवा वा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ, संस्थाको अधिकृतस्तरको पदमा राजपत्रांकित द्वितीय श्रेणीको पदको हकमा पाँच वर्ष र राजपत्रांकित प्रथम श्रेणीको पदको हकमा सात वर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ । तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा अनुभवको अवधि दुई वर्षले कम हुनेछ ।
ख) व्यवस्थापिका–संसद सेवातर्फ (रा.प.प्रथम र द्वितीय श्रेणी)
सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र कुनै सरकारी सेवाका वा प्रचलित कानून बमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघसंस्थाको अधिकृत स्तरको पदमा राजपत्रांकित द्वितीय श्रेणीको पदको हकमा पाँच वर्ष र राजपत्रांकित प्रथम श्रेणीको पदको हकमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । तर विद्यावारिधि स्तरको उपाधि प्राप्त गरेको व्यक्तिको हकमा अनुभवको अवधि दुई वर्षले कम हुनेछ । व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा २० बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
ग) निजामती सेवातर्फ (रा.प.तृतीय श्रेणी)
निजामती सेवा ऐन, २०४९ को दफा १० बमोजिम अयोग्य नभएको हुनुका साथै निजामती सेवा नियमावली, २०५० को नियम १५ बमोजिम तोकिएका देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनु पर्नेछ ।
(१) नेपाल न्याय सेवा (न्याय, कानून, सरकारी वकिल समूह) को लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण भएको ।
(२) नेपाल लेखापरीक्षण सेवाको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यापार प्रशासन वा वाणिज्य शास्त्र विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण भएको ।
घ) व्यवस्थापिका–संसद सेवातर्फ (रा.प.तृतीय श्रेणी)
व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा २० बमोजिम अयोग्य नभएको हुनुका साथै देहाय अनुसारको न्यूनतम शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।
(१) व्यवस्थापिका–संसद सेवा, सामान्य प्रशासन समूहको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको।
(२) व्यवस्थापिका संसद सेवा, शिक्षा तथा मुद्रण समुहको लागि: मान्यता प्राप्त शिक्षण संस्थाबाट मुद्रण व्यवस्थापन विषयमा स्नातकोपाधि प्राप्त वा
कुनै पनि विषयमा स्नातक भई मुद्रण व्यवस्थापन वा मुद्रण प्रविधि सम्बन्धी ६ (छ) महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने ।
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक र अन्तर्वार्ता ।
परीक्षा केन्द्र: रा.प.प्रथम र द्वितीय श्रेणीका लागि काठमाडौं ।
रा.प. तृतीय श्रेणी न्याय सेवाका लागि: आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटबल, सुर्खेत र दिपायल कार्यालयहरुबाट तोकिए बमोजिम
रा.प.तृतीय श्रेणी एकीकृत परीक्षाको लागि
प्रथम चरणः आयोगको सबै कार्यालयहरु ।
द्वितीय चरण: आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटबल, सुर्खेत र दिपायल कार्यालयहरुबाट तोकिए बमोजिम हुनेछ ।
दरखास्त दस्तुरः रा.प. प्रथम श्रेणीको लागि रु. १,५००।– (एक हजार पाँच सय) बुझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक किसिम/ समूहका लागि रु. ६००।– (छ सय) थप दस्तुर बुझाउनु पर्नेछ ।
रा.प. द्वितीय श्रेणीको लागि रु. १,२००।– (एक हजार दुई सय) बुझाउनु पर्नेछ र त्यस पछिका थप प्रत्येक किसिम/ समूहका लागि रु. ५००।– (पाँच सय) थप दस्तुर बुझाउनु पर्नेछ ।
रा.प.तृतीय श्रेणीका लागि रु. १,०००।– (एक हजार) बुझाउनु पर्नेछ । समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि रु. ४००।– (चार सय) थप दस्तुर बुझाउनु पर्नेछ ।
उम्मेदवारको उमेरको हद: रा.प.प्रथम र द्वितीय श्रेणीका लागि २०७५/ ९/ १७ सम्म २१ वर्ष उमेर पुरा भै ४५ वर्ष ननाघेको।
रा.प.तृतीय श्रेणीका लागि २०७५/ ९/ १७ सम्म २१ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको।
वहालवाला स्थायी निजामती कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।
दरखास्त दस्तुर बुझाउने विधि र स्थानः अनलाइन मार्फत दरखास्त दस्तुर बुझाउने विधि: आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा click गरी आफूले apply गरेको list मा रहेको “तिर्नुहोस्” Link मा Click गर्ने । त्यसपछि देखिने भौचर स्लिपको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ Online Payment button मा Click गरेपछि देखिने भौचरसँग रहेको Connect IPS Radio button मा Click गरी “रकम भुक्तानी गर्नुहोस्” बटनमा Click गर्ने । त्यसपछि आउने स्क्रिनबाट Connect IPS प्रणालीमा login गरी आफ्नो बैंक खाता छानी सोझै दस्तुर बुझाउन सकिनेछ । Connect IPS को सेवा प्रयोग गर्न www.connectips.com गर्नका साथै उक्त प्रणालीसँग जोडिएका बैंकहरुमध्ये आफ्नो खाता रहेको बैकको खातालाई Click गरी अनलाईन मार्फत परीक्षा दस्तुर बुझाउन सकिनेछ ।
नगदै दरखास्त दस्तुर बुझाउने विधि:
अनलाइन मार्फत दरखास्त दस्तुर बुझाउने विधि: आयोगको अनलाईन दरखास्त प्रणालीबाट फर्म submit गरेपछि Payment Tab को view applied advertisement मा click गरी आफूले apply गरेको list मा रहेको “तिर्नुहोस्” Link मा Click गर्ने । त्यसपछि देखिने भौचर स्लिपको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ राष्ट्रिय वाणिज्य बैंक वा ग्लोबल आई.एम.ई. बैङ्क मध्ये आफूलाई पायक पर्ने कुनै एक बैंकमा क्लिक गर्नु पर्नेछ । सो पश्चात्देखिने भौचरको तल पट्टी रहेको शर्त मञ्जुर गर्ने Check Box मा Tick लगाइ activate हुने print button मा click गरी भौचर print गरेर उक्त बैंकको नजिकको शाखामा गई भौचर पेश गरी रकम बुझाउन सकिन्छ । उक्त भौचर विना बैंकहरुले नगद नबुझ्ने भएकोले अनिवार्य रुपमा भौचर प्रिन्ट गरी साथै लिइ जानुपर्नेछ । उल्लेखित बैङ्कहरुका नेपाल भरिका सबै शाखाहरुबाट नगद बुझाउन सकिने छ ।
दरखास्त दस्तुर बुझाउने अवधि: दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) । उक्त अवधि भन्दा पछाडि बुझाएको दस्तुर मान्य हुने छैन । जुनसुकै कारणले दरखास्त स्वीकृत नभएमा दस्तुर फिर्ता हुने छैन ।
अपलोड गर्नुपर्ने कागजातहरु: उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, व्यवसाय अनुमति प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजात लगायत सम्बन्धित विज्ञापनमा तोकिएका कागजपत्र अनलाईन दरखास्त प्रणालीको तोकिएको स्थानमा PDF Format मा अपलोड गर्नु पर्नेछ । सबै उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्रको अगाडि र पछाडिको भाग स्क्यान गरी JPG Format मा अपलोड गर्नु पर्नेछ । दरखास्तमा उल्लेख गरेको विवरणका सम्बन्धमा उम्मेदवार स्वयं पूर्ण जवाफदेही हुनुपर्नेछ ।
अन्तर्वार्ता अघिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मितिः लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।
पदमा रही गर्नुपर्ने कामको विवरणः सेवा, समूह सम्बन्धी ।
तलबः प्रचलित स्केल बमोजिम ।
सेवा सम्बन्धी मन्त्रालयः सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय ।
उम्मेदवारले पेश गर्नुपर्ने थप कागजात तथा अनुभव सम्बन्धमा विशेष निर्देशन
समावेशी समूहतर्फ तथा खुलातर्फका पदहरुमा दरखास्त दिन चाहने उम्मेदवारहरुले दरखास्त दिने समयमा देहाय अनुसारका कागजातहरु तयार गरी दरखास्त दिनुपर्नेछ । लिखित परीक्षाको नतिजाबाट अन्तर्वार्ताको लागि छनौट भएपछि अन्तर्वार्ता दिन आउँदा त्यस्ता कागजातहरुको सक्कल सहित आफैंले प्रमाणित गरेको नक्कल समेत साथमा लिई आउनु पर्नेछ । उल्लेखित कागजातहरु दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसकै समय दरखास्त रद्द हुन सक्नेछ ।
अ) समावेशी समूहतर्फ दरखास्त दिने उम्मेदवारहरुको लागि आवश्यक पर्ने थप कागजातहरु
(क) आदिवासी/ जनजातिका हकमा नेपाल आदिवासी/ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/ जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह/ निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।
(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर, राष्ट्रिय दलित आयोगबाट सूचिकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तह÷निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचिकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराएको कागजात ।
(ग) अपाङ्गका हकमा स्वीकृत चिकित्सकको सिफारिसमा समाज कल्याण परिषद्बाट अपाङ्गता प्रमाणित गरेको परिचयपत्र,
(घ) मधेसीका हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको कागजात, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय तह/ निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराएको कागजात ।
(ङ) पिछडिएको क्षेत्रका हकमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) तथा व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा १७ को उपदफा (६) को स्पष्टीकरण खण्ड (१) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास उल्लेख गरी सम्बन्धित जिल्लाबाट प्राप्त गरिएको नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित स्थानीय तह÷निकायबाट हाल सोही स्थानमा स्थायी बसोबास भएको भनी प्रमाणित गरेको कागजात दरखास्त फारम भर्ने दिन भन्दा ३ महिना अगाडी सम्मको सिफारिसको आधारमा ।
(च) स्थायी बसोबास भएको जिल्ला बाहेक अन्यत्र जिल्लाबाट नागरिकता लिएको भएमा सो गर्नुपर्नाको कारण उल्लेख भएको पत्र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट लिएको, निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा (७) मा उल्लेख भएको जिल्लामा विवाह गरी वा बसाइँसराइ गरी गएको भएमा विवाहको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाइँसराइको हकमा छाडेको र गएको स्थानीय तह/ निकायको बसाइँसराइ गरेको खुल्ने कागजात ।
आ) खुलातर्फ दरखास्त दिन चाहने उम्मेदवारहरुको लागि आवश्यक अनुभव
(क) देहाय बमोजिमको निकायमा रही अधिकृत स्तरमा काम गरेको अनुभव सम्बन्धमा त्यस्तो पदको नियुक्तिपत्र वा करारनामा र सेवा अवधि प्रमाणित गरिएको सम्बन्धित निकायको पत्र ।
(१) निजामती तथा अन्य सरकारी निकाय,
(२) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा सञ्चालित संगठित संस्था,
(३) विकास समिति ऐन, २०१३ बमोजिम गठित विकास समिति,
(४) विशेष ऐनद्वारा स्थापित संस्था वा निकाय (Statutory organization/Agency)
(५) संयुक्त राष्ट्र संघ, यसका अंग तथा विशिष्टिकृत निकाय,
(६) अन्तर सरकारी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठनहरु,
(७) विश्वविद्यालयको आंगिक क्याम्पस,
(८) सामुदायिक विद्यालय,
(९) लोक सेवा आयोगले मान्यता प्रदान गरी सूचीकृत गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संगठित संस्था ।
(ख) खण्ड (क) मा उल्लेख भए बाहेकको अन्य निकायको अनुभवको सम्बन्धमा नियुक्तिपत्र वा करारनामा र सेवा प्रमाणित गरिएको सम्बन्धित निकायको पत्रको अतिरिक्त त्यस्तो निकायमा अधिकृत स्तरका कर्मचारी भर्नाको प्रक्रिया, योग्यता, संगठन, संरचना लगायत कर्मचारीको सेवा शर्त समेतका विषय समावेश गरिएको नियम वा विनियम वा निर्देशिका वा कार्यविधि समेत आवश्यक पर्ने र त्यस्तो नियम वा विनियम वा निर्देशिका वा कार्यविधिमा भएको व्यवस्था बमोजिम अधिकृतस्तरमा भर्ना भएको यकिन हुने अनुभवलाई मात्र मान्यता दिइनेछ ।
(ग) सरकारी कर्मचारीले अन्य संगठित संस्थामा काम गरेको अनुभव सम्बन्धमा सरकारको पूर्व स्वीकृतिको पत्र तथा सो अवधिको विदा स्वीकृतिको पत्र भएमा मात्र त्यस्तो अनुभवलाई मान्यता दिइनेछ ।
(घ) एउटै अवधिमा दुई वा सोभन्दा बढी निकायमा काम गरेको भएमा पुरा समय काम गरेको कुनै एकको अनुभव मात्र गणना गरिनेछ ।
(ङ) नियुक्तिपत्र वा करारनामामा नै आंशिक (Part Time) रुपमा काम गर्ने उल्लेख भएकोमा सो अनुभवलाई मान्यता दिइने छैन ।
(च) एकवर्ष भन्दा कम अवधिको अस्थायी वा करार सेवाको अनुभवलाई गणना गरिने छैन ।
(छ) सहायक स्तरमा पदाधिकार रही अधिकृत स्तरमा कायम मुकायम वा निमित्त भई सेवा गरेको अनुभवलाई मान्यता दिइने छैन ।
(ज) राजपत्रांकित प्रथम तथा द्वितीय श्रेणी अन्तर्गत जुन सेवा, समूहको पदमा आवेदन गर्ने हो सो सेवा, समूहको राजपत्रांकित तृतीय श्रेणीको पदको लागि
तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेपछिको अधिकृत स्तरको अनुभवलाई मात्र मान्यता प्रदान गरिनेछ ।
(झ) नियुक्तिपत्र वा करारनामामा उल्लेखित पदनामबाट अधिकृत स्तर नखुलेकोमा सम्बन्धित निकायले सो पद अधिकृत स्तरको भनी प्रमाणित गरेको पत्र पेश गर्नुपर्नेछ ।
(ञ) माथि उल्लेखित प्रमाण खुल्ने कागजातहरु दरखास्त दिने समयमा नै उम्मेदवारसँग रहेको नभएमा जुनसुकै समय दरखास्त रद्द हुनेछ ।
द्रष्टव्य:
(क) अनुभवको आवश्यक पर्ने उम्मेदवारहरुको हकमा सम्बन्धित पदको लागि तोकिएको दरखास्त दिन पाउने अन्तिम मितिसम्ममा न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछ । दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, अनुभव अवधि र अन्य योग्यताको प्रयोजनको लागि गणना गरिने छैन ।
(ख) समान पदमा उम्मेदवार बन्न पाउने व्यवस्था नभएकोले यस्तो उम्मेदवारको दरखास्त लिइने छैन ।
(ग) आयोगद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिने छैन ।
(घ) सहयोगी लेखक माग गर्ने उम्मेदवारले लिखित परीक्षा शुरु हुनु भन्दा कम्तीमा ७ (सात) दिन अगावै आयोगको सम्बन्धित कार्यालयमा सम्पर्क राख्नु पर्नेछ । अन्यथा सहयोगी लेखक उपलब्ध गराउन आयोग वाध्य हुने छैन ।
(ङ) लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारले अन्तर्वार्ता दिनु भन्दा अगाडी शैक्षिक योग्यताको स्थायी प्रमाणपत्र, नागरीकता, सेवाको अनुभव आवश्यक पर्नेमा सम्बन्धित कार्यालय प्रमुखबाट प्रमाणित गराएको सक्कल प्रति तथा समावेशी एवं खुलातर्फ दरखास्त दिने उम्मेदवारको लागि पेश गर्नुपर्ने भनि उल्लेख गरिएका काजगातहरुको सक्कलका साथै नक्कल प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
(च) अनलाइन दरखास्त भर्दा आपूले उम्मेदवार हुने किसिम/ समूहहरुको विवरण अनिवार्य रुपले खुलाउनु पर्नेछ अन्यथा परीक्षामा समावेश गराईने छैन ।
(छ) दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्दछ ।
(ज) परीक्षामा परीक्षार्थीले अनिवार्य रुपमा कालो मसीको मात्र प्रयोग गर्नुपर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ ।
(झ) दरखास्त दिने पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी विवरण अनलाइन फाराम भर्ने क्रममा हेर्न सकिने छ ।
(ञ) पाठ्यक्रम आयोगको वेबसाइट www.psc.gov.np बाट प्राप्त गर्न सकिने छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Jan 08, 2019