Newspaper Tender

Source: Nagarik

Tender Category : Construction
Published Date : Jan 22, 2021
Deadline : Feb. 22, 2021, noon
Views : 383

Construction Work of Second Academic Block of Saraswati MaBi (Construction)

श्री सरस्वती माध्यमिक विद्यालय
हाङपाङ, ताप्लेजुङ
१ नं प्रदेश, नेपाल 
E-Bidding को सूचना
(प्रथम पटक प्रकाशित मिति: २०७७/१०/०९) 

यस विद्यालयको लागि आ.व. २०७७/०७८ स्वीकृत बार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको विद्यालयको भवन निर्माण कार्य E-Bidding को माध्यमबाट सम्पन्न गर्नु पर्ने भएको हुँदा नेपाल सरकारबाट इजाजत प्राप्त योग्य निर्माण व्यवसायीबाट निम्न शर्तहरुको अधिनमा रही E-Bidding को माध्यमबाट बोलपत्र पेश गर्न यो सूचना प्रकाशन गरिएको छ। 

शर्तहरुः 

१. तपसिलमा उल्लेखित दस्तुर (फिर्ता नहुने) यस स्कुलको राष्ट्रिय वाणिज्य बैंक हाङपाङ शाखाको खाता नं. २६७०१०००००१८८००१ (खाताको नाम भवन निर्माण समिति सरस्वती मा.वि.) को नगदै बुझाई नगदी रसिद साथ निर्माण व्यवसायीले व्यवसाय नवीकरण भएको इजाजतपत्र, आयकर तथा मू.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपी र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी संलग्न राखी यस विद्यालयको website www.smsshangpang.com वा www.bolpatra.gov.np बाट यो सूचना प्रथमपटक प्रकाशित भएको सम्बन्धि कागजात ३१ औं दिन दिनको १२ बजेसम्म यस स्कुलको नाममा सम्बोधन गरी E-Bid मार्फत upload गर्नु पर्ने छ। 

२. बोलपत्र बिक्री तथा दाखिला गर्ने अन्तिम दिन एवं खोलिने दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरु विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोहि बमोजिम हुनेछ। 

३. बोलपत्र जमानत यस कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक हाङपाङ शाखाको खाता नं. २६७०१०००००१८८००१ (भवन निर्माण समिति सरस्वती मा.वि.) मा नगद जम्मा गरेको सक्कल बैंक भौचर वा सो बराबरको नेपाल राष्ट्र बैंकबाट क बर्गको मान्यता प्राप्त बैंकबाट वा कुनै वाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको कार्य प्रयोजन एवं ठेक्का नं. अनिवार्य रूपमा उल्लेख भएको बोलपत्र जमानत (बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट १२० दिनसम्म म्याद भएको) पेश गर्नुपर्नेछ । बैंक मार्फत बोलपत्र जमानत पेश गर्नेहरुको हकमा कार्यालयबाट निर्दिष्ट गरिएको बोलपत्र जमानत फारम अनुसारनै पेश भएको मात्र मान्य हुनेछ । 

४. संयुक्त उपक्रमको हकमा मुख्य साझेदार (lead partner) को हिस्सा कम्तिमा ४०% तथा अन्य साझेदारहरुको हिस्सा कम्तिमा २५% हुनु पर्नेछ।

५. बोलपत्र सम्बन्धि अन्य कुनै कुरा बुझ्नु परेमा यस कार्यालयको मोबाइल नं. ९८५२६६०१४५ / ९८४४६७६२३९ मा सम्पर्क गर्न सकिने छ । 

६. बोलपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कार्वाहीमा आफ्नो स्वार्थ नबाझिएको साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको कालो सूचीमा नपरेको भनी लिखित कबोल गरेको स्वघोषणा गरेको पत्र अनिवार्य रुपमा बोलपत्रसाथ पेश गर्नुपर्नेछ । 

७. बोलपत्रदातालाई बोलपत्र पेश गर्नु अगाडी आफ्नै खर्च र जिम्मेवारीमा कामको स्थलगत भ्रमण गरी कामको बारेमा जानकारी लिन अनुरोध गरिन्छ साथै Pre-bid Meeting सूचना प्रकाशन भएको मितिले २० औं दिनको २ बजे यस कार्यालयमा हुनेछ । 

८. बोलपत्र स्वीकृत गर्ने, रद्द गर्ने र आंशिक रूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा निहित हुनेछ । यस सूचनामा उल्लेख नभएका कुराहरुको हकमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ तथा अन्य प्रचलित कानून अनुसार हुनेछ। 

९. यो सूचना सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाईट www.bolpatra.gov.np मा हेर्न सकिनेछ। 

१०. देहायका ठेक्काः 

विवरण: Construction work of second academic block of Saraswati MaBi (Construction) 

प्रधानाधापक
श्री स्वरस्वती माबि
हाङपाङ, ताप्लेजुङ


Search, Apply & Get Job: FREE