Newspaper Tender

Source: Annapurna Post

Tender Category : Auction
Type : Bolpatra
Published Date : Apr 28, 2021
Deadline : June 2, 2021, noon
Type : Bolpatra
Views : 299

गैर सम्पत्ति लिलाम विक्रि

शुभ-दर्शन बचत तथा ऋण सहकारी संस्था लि.
Shuva Darshan Saving & Credit Co-operative Ltd.
केन्द्रीय कार्यालय, ठमेल
फोन न.(०१-४४२१३१९)
संस्थाको नाममा रहेको गैर सम्पत्ति लिलाम विक्रिको ३५ दिने गोप्य शिलबन्दी बोलपत्रको सूचना
दोश्रो पटक प्रकाशित मितिः २०७८/०१/१५ 

यस शुभ दर्शन बचत तथा ऋण सहकारी संस्था लि.को नाममा मालपोत कार्यालय कलकी, काठमाडौमा दर्ता वेस्ता कायम रहेको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु, किमडोल स्थित मुल सडकको छेउमा रहेको कि.नं. ४४ क्षे.फ ००२७.३० व.मि. जग्गामा बनेको २ तल्ले घर जग्गा लिलामको माध्यमबाट लिलाम विक्रि गर्नु पर्ने भएकोले संस्थाको नाममा रहेको उक्त गैर सम्पत्ति घर/जग्गा लिलाम विक्रिको ३५ दिने गोप्य शिलवन्दी बोलपत्रको यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिन अर्थात मिति २०७०/०२/१८ भित्र यस संस्थाको केन्द्रीय कार्यालय ठमेल, काठमाडौंमा सम्पर्क राखी आफुले सकार गरि लिन चाहेको मूल्यमा गोप्य शिलवन्दी बोलपत्र पेश गर्नु हुन सबैमा सुचित गरिन्छ।

लिलामका शर्तहरुः 

१. लिलामको गोप्य शिलवन्दी वोलपत्र पेश गर्ने व्यक्तिले आफूले कबूल गरेको अर्कको १० प्रतिशतले हुने रकम संस्थाको बैंक खाता नं. ०३५००१०५२०००४३ एभरेष्ट बैंक लि. ठमेल शाखामा जम्मा गरि सो को सक्कल भौचर बोलपत्र फारमको साथ राखी पेश गर्नु पर्नेछ। 

२.लिलाम सकार गर्ने व्यक्तिले स्वीकृति पत्र पाएको मितिले ७ दिन भित्र बांकी रकम बुझाई नामसारी गर्नु पर्नेछ । नामसारी गरि नलिएमा धरौटी वापत रहेको १० प्रतिशत रकम स्वतः जफत हुनेछ ।

३. तोकिएको दिनमा सार्वजनिक विदा परेमा त्यसको लगतै सरकारी कार्यालय खुल्ने दिन शिलवन्दी बोलपत्र खोलिनेछ । 

४. लिलामको दिन सवैभन्दा गोप्य शिलवन्दी बोलपत्र पेश गर्ने व्यक्तिलाई अचल सम्पत्ति दिने वा नदिने सम्पूर्ण अधिकार संस्थामा सुरक्षित रहनेछ। 

५. लिलाम विक्रि हुने अचल सम्पत्ति घर/जग्गा सम्बन्धित कागजातहरु हेर्न चाहनु हुने महानुभावहरुले यस संस्थाको कार्यालयमा समय भित्र सम्पर्क राख्न सक्नु हनेछ। 

६. लिलाम बिकि सकार गर्दा लागेको सम्पूर्ण खर्चहरु वोलपत्र दाता स्वंयले व्यहोर्नु पर्नेछ। 

७. संस्थाको कार्यालय ठमेल काठमाडौंमा ३६ औं दिनमा ११ बजे देखि ३ बजे सम्म लिलामको गोप्य शिलवन्दी बोलपत्र खोलिने छ। 

शिलबन्दी बोलपत्र खोल्ने मिति, स्थान र समयः मिति २०७४/०२/१९ गते 
स्थानः ठमेल काठमाडौं स्थित संस्थाको कार्यालय
समयः ११ देखि ३ बजे सम्म


Search, Apply & Get Job: FREE