
Deadline: Dec 02, 2026

Deadline: Dec 02, 2026

Deadline: Dec 10, 2026

Deadline: Dec 09, 2026
एकडारा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Janakpur Today
Job Summary
Job Description
Roles and responsibilities of this job

एकडारा गाउँपालिका
एकडारा, महोत्तरी, मधेश प्रदेश, नेपाल
गाउँ कार्यपालिकाको कार्यालय
(प्रथम पटक प्रकाशित मिति: २०८०/०८/१७)
यस एकडारा गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि तपसिलबमोजिमका पदहरूमा कर्मचारी सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएबमोजिमका विवरण तथा राजस्व बुझाएको सक्कल रसिदसहित यस कार्यालयमा दरखास्त पेस गर्न आह्वान गरिन्छ। तोकिएको म्यादभित्र पेस नभएका तथा रीत नपुगी आएका दरखास्तउपर कुनै कारबाही गरिने छैन।
१. माग गरिएका पद तथा विज्ञापन विवरण
विज्ञापन नं. ०१-२०८०/०८१
२. आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा अनुभव
अनुभव: सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
३. उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
४. दरखास्त दिने स्थान: एकडारा गाउँ कार्यपालिकाको कार्यालय, एकडारा, महोत्तरी।
५. दरखास्त दिने अन्तिम मिति: २०८०/०८/२४ गतेसम्म।
६. दरखास्त दस्तुर बुझाउने प्रक्रिया: दरखास्त दस्तुर यस गाउँपालिकाको प्रभु बैंकमा रहेको खाता नं. १२९०१०३९९४७०००५१ मा जम्मा गरी सोको सक्कल भौचर दरखास्त फारामसाथ पेस गर्नुपर्नेछ।
७. दरखास्त फाराम प्राप्त गर्ने स्थान: दरखास्त फाराम एकडारा गाउँपालिकाको आधिकारिक वेबसाइट वा गाउँपालिकाको कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
८. छनोटको किसिम: उम्मेदवारहरूको छनोट प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन तथा अन्तर्वार्ताका आधारमा गरिनेछ।
९. आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरू
आवेदक स्वयंले प्रमाणित गरेका देहायबमोजिमका कागजातहरूको प्रतिलिपि दरखास्तसाथ संलग्न गर्नुपर्नेछ।
१०. सेवा सुविधा: सेवा सुविधा एकडारा गाउँपालिकाको निर्णयबमोजिम हुनेछ।
नोट: महिला, दलित, आदिवासी/जनजाति, मधेशी तथा विपन्न वर्गका उम्मेदवारहरूलाई विशेष ग्राह्यता दिइनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 10, 2026
About the organization

Government Organization