Similar JobsPowered by Merojob AI

Deadline: Dec 02, 2026

Deadline: Dec 09, 2026

Deadline: Nov 26, 2026

Deadline: Nov 23, 2026
परिवर्तन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय
Source: Other Source
Job Summary
Job Description
Roles and responsibilities of this job

परिवर्तन गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पुतलाचौर, रोल्पा
लुम्बिनी प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२ गते
चालु आर्थिक वर्ष २०८३/८४ मा नेपाल सरकारबाट सशर्त अनुदानमार्फत विनियोजित “म स्वस्थ, मेरो समुदाय स्वस्थ, घरटोलमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम” सञ्चालनका लागि यस परिवर्तन गाउँपालिकामा जनस्वास्थ्य अधिकृत पद करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकोले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट मिति २०८३/०८/१६ गते कार्यालय समयभित्र तोकिएको शुल्क तिरेको रसिदसहित रीतपूर्वकको दरखास्त पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन तथा पदसम्बन्धी विवरण
२. दरखास्त दिने स्थान: परिवर्तन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा, पुतलाचौर, रोल्पामा दरखास्त पेस गर्नुपर्नेछ। साथै, स्वास्थ्य शाखाको इमेल ठेगाना मार्फत पनि दरखास्त पेस गर्न सकिनेछ।
३. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू
दरखास्त फारामका साथ देहायबमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछ:
नोट: सबै कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।
४. दरखास्त दस्तुर तथा रकम बुझाउने स्थान
दरखास्त दस्तुर: रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र) लाग्नेछ।
उक्त रकम ग्लोबल आइ.एम.ई. बैंक लिमिटेड, दुइखोली शाखामा रहेको परिवर्तन गाउँपालिकाको देहायको खातामा जम्मा गर्नुपर्नेछ।
रकम जम्मा गरेको सक्कल बैंक भौचर दरखास्त फारामसँगै स्वास्थ्य शाखामा पेस गर्नुपर्नेछ।
५. दरखास्त दिने अन्तिम मिति: २०८३ साल मंसिर १६ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा पर्न गएमा त्यसपछि कार्यालय खुल्ने पहिलो दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।
६. उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका व्यक्तिको हकमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
७. तलब तथा सुविधा: सशर्त अनुदानतर्फ सम्बन्धित शीर्षकमा विनियोजित बजेटबाट सम्झौताबमोजिम तलब तथा अन्य सुविधा उपलब्ध गराइनेछ।
८. परीक्षाको किसिम: लिखित परीक्षा तथा अन्तर्वार्ता।
९. सम्पर्क मिति: २०८३ साल मंसिर १७ गते हुनेछ। सम्पर्क मितिमा परीक्षा सञ्चालन हुने समय तोकिनेछ।
१०. आवेदन स्वीकृति तथा विज्ञापन रद्द गर्ने अधिकार: आवेदन स्वीकृत वा अस्वीकृत गर्ने तथा विज्ञापन रद्द गर्ने सम्पूर्ण अधिकार कार्यालयमा निहित रहनेछ।
११. कार्यरत कर्मचारीका लागि विशेष व्यवस्था: कुनै पनि संघसंस्थामा कार्यरत कर्मचारीहरूले दरखास्तसाथ सम्बन्धित संस्थाको अनुमति पत्रसमेत संलग्न गरी पेस गर्नुपर्नेछ।
१२. दरखास्त फाराम उपलब्ध हुने स्थान: दरखास्त फाराम परिवर्तन गाउँपालिकाको कार्यालय, स्वास्थ्य शाखाबाट तथा गाउँपालिकाको आधिकारिक वेबसाइट बाट प्राप्त गर्न सकिनेछ।
नोट: आवश्यक प्रक्रिया पूरा नगरी पेस गरिएका तथा म्याद नाघी प्राप्त भएका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश गरिने छैन।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2026
About the organization

Government Organization