Similar JobsPowered by Merojob AI

Deadline: Dec 01, 2026
बिर्तामोड नगरपालिका नगर कार्यपालिकाको कार्यालय
Source: Other Source
Job Summary
Job Description
Roles and responsibilities of this job

बिर्तामोड नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
बिर्तामोड, झापा, कोशी प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/१०
यस नगरपालिका अन्तर्गत सञ्चालित नगर अस्पतालका लागि तपसिलमा उल्लेखित पदमा सेवा करारमार्फत पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालयबाट दरखास्त फाराम प्राप्त गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. माग पदसम्बन्धी विवरण
२. आवश्यक न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह (PCL Nursing) उत्तीर्ण गरी सम्बन्धित परिषद् (Nursing Council) मा दर्ता भएको हुनुपर्नेछ।
३. उमेरको हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
४. परीक्षाको किसिम: लिखित परीक्षा तथा मौखिक अन्तर्वार्ता।
५. परीक्षा केन्द्र: बिर्तामोड नगरपालिकाको कार्यालय, बिर्तामोड, झापा।
६. दरखास्त दस्तुर: स्टाफ नर्स पदका लागि दरखास्त दस्तुर रु. ५००/- (पाँच सय रुपैयाँ) लाग्नेछ। उक्त रकम यस कार्यालयको NIC ASIA Bank, बिर्ताबजार शाखामा रहेको आन्तरिक राजस्व खाता नं. २४६२०५००२८३५४००२ मा जम्मा गरी सोको सक्कल बैंक भौचर दरखास्त फारामसाथ अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
७. दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरू
८. दरखास्त पेस गर्ने स्थान: बिर्तामोड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा, बिर्तामोड, झापा।
९. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/२४ गते कार्यालय समयभित्र। उक्त दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिनसम्म दरखास्त पेस गर्न सकिनेछ।
१०. करार अवधि: करार अवधि ६ (छ) महिना हुनेछ। अन्य सेवा सर्त तथा सुविधाहरू करार सम्झौतामा उल्लेख भएबमोजिम हुनेछ।
११. परीक्षा मिति: परीक्षा सञ्चालन हुने मिति पछि प्रकाशन गरिनेछ।
१२. पाठ्यक्रम: प्रदेश लोक सेवा आयोग, कोशी प्रदेश, विराटनगरद्वारा निर्धारित स्वास्थ्य सेवा, नर्सिङ समूह, पाँचौँ तह, स्टाफ नर्स पदको पाठ्यक्रमबमोजिम परीक्षा सञ्चालन गरिनेछ।
१३. अन्य जानकारी: तोकिएको योग्यता नपुगेका उम्मेदवारहरूको दरखास्त फाराम स्वीकृत गरिने छैन। दरखास्त फाराम, यस सूचनासम्बन्धी थप जानकारी तथा अन्य आवश्यक विवरणका लागि बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न सकिनेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 10, 2026
About the organization

Government Organization