Similar JobsPowered by Merojob AI

Deadline: Dec 02, 2026

Deadline: Dec 09, 2026

Deadline: Nov 26, 2026

Deadline: Nov 24, 2026
प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी
Source: Samadhan News
Job Summary
Job Description
Roles and responsibilities of this job

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक जनस्वास्थ्य केन्द्र
गण्डकी प्रदेश, पोखरा
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२ गते
वैदेशिक रोजगारको कार्यलाई सुरक्षित, मर्यादित, व्यवस्थित तथा भरपर्दो बनाउने उद्देश्यले गण्डकी प्रदेशमा सञ्चालनमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत प्रदेशभित्रका स्थानीय तहमा कार्यरत मनोसामाजिक परामर्शकर्ताहरूको क्षमता विकास, अनुगमन तथा अन्य प्राविधिक सहयोगका लागि देहायबमोजिमको जनशक्ति सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट २१ दिनभित्र आवश्यक कागजातसहित यस केन्द्रको प्रशासन शाखामा दरखास्त पेस गर्न आह्वान गरिन्छ।
क. पदको विवरण
ग. आवश्यक कागजातहरू
दरखास्त फाराम पेस गर्दा देहायबमोजिमका कागजातहरू संलग्न गर्नुपर्नेछ:
उमेर हद : दरखास्त आह्वान भएको अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,२००/- (अक्षरेपी एक हजार दुई सय रुपैयाँ) लाग्नेछ।
परीक्षा तथा छनोट विधि: अन्तर्वार्तामार्फत छनोट गरिनेछ।
तलब तथा अन्य सुविधा: प्रदेश निजामती सेवाको सम्बन्धित तहको सुरु तलबमान वा सो सरह हुनेछ।
कार्यस्थल: प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश, पोखरामा रही सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लागू भएका स्थानीय तहहरूमा कार्य गर्नुपर्नेछ।
सेवा करार अवधि: २०८४ साल असार मसान्तसम्म।
दरखास्त दिने अन्तिम मिति: २०८३ साल मंसिर १६ गते कार्यालय समयभित्र दरखास्त बुझाउनुपर्नेछ। अन्तिम मितिमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुल्ने दिनको कार्यालय समयभित्र दरखास्त बुझाउन सकिनेछ।
सम्पर्क मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समयभित्र सम्पर्क गर्नुपर्नेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Dec 02, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre