Similar JobsPowered by Merojob AI

Deadline: Dec 02, 2026

Deadline: Dec 04, 2026

Deadline: Dec 04, 2026

Deadline: Nov 25, 2026

Deadline: Nov 30, 2026
मध्यपश्चिम विश्वविद्यालय
Source: Gorkhapatra
Job Summary
Job Description
Roles and responsibilities of this job

मध्यपश्चिम विश्वविद्यालय
वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०८३/०८/०७
मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २६ तथा मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६२ (आठौँ संशोधन) को नियम २२ को उपनियम (१) को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका ग्राजुएट स्कुलहरूमा सोही नियमावलीको नियम १८(६) बमोजिम डिन तथा मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २७ बमोजिमको अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्रका निर्देशक पदका लागि मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६२ (आठौँ संशोधन) को नियम २३(४) बमोजिम अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक र सोही नियमावलीको नियम ८४(६) बमोजिम पाठ्यक्रम विकास निर्देशनालयको कार्यकारी निर्देशक पदमा प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
उल्लिखित पदहरूमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरूले सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्यानुभवको प्रमाणित प्रतिलिपि तथा विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनासहितको व्यक्तिगत विवरण (Bio-Data) सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र अर्थात् नेपाली समयअनुसार २०८३ साल मङ्सिर १३ गते राति १२:०० बजेभित्र विश्वविद्यालयको आधिकारिक इमेल ठेगाना **[email protected]** मा पेस गर्नुपर्नेछ।
साथै, रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना अनुसूची–१ मा उल्लेख भएका विषयहरू समावेश गरी बढीमा २,५०० शब्दसम्मको हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।
१. विज्ञापन नं. १/०८३/०८४ – डिन
२. विज्ञापन नं. २/०८३/०८४ – डिन
३. विज्ञापन नं. ३/०८३/०८४ – डिन
४. विज्ञापन नं. ४/०८३/०८४ –डिन
५. विज्ञापन नं. ५/०८३/०८४ – डिन
६. विज्ञापन नं. ६/०८३/०८४ – डिन
७. विज्ञापन नं. ७/०८३/०८४ – डिन
८. विज्ञापन नं. ८/०८३/०८४ – निर्देशक
९. विज्ञापन नं. ९/०८३/०८४ – निर्देशक
अनुसूची–१
रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनामा समावेश गर्नुपर्ने विषयहरू
रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनामा देहायका विषयहरू समावेश भएको हुनुपर्नेछः
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Nov 29, 2026
About the organization

Education - School & Colleges