Similar JobsPowered by Merojob AI

Deadline: Oct 09, 2026

Deadline: Oct 09, 2026

Deadline: Oct 06, 2026
उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.
Source: Chitwan Post
Job Description
Roles and responsibilities of this job

उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.
रत्ननगर नगरपालिका–१, चितवन
दोस्रो पटक प्रकाशित
उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्था लि., रत्ननगर नगरपालिका–१, चितवनमा रहेको सहकारी संस्था हो। यस संस्थाको विकास, प्रवर्द्धन तथा सुशासन कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा प्रोवेशन कार्यक्रममा रहेको यस संस्थाको नियमित कामकाज सुचारु रूपमा सञ्चालन गर्न प्रमुख व्यवस्थापक पदमा कर्मचारी आवश्यक भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।
विज्ञापन नं: ३
पद: प्रमुख व्यवस्थापक
तह: छैठौं
आवश्यक संख्या: १ जना
आवश्यक योग्यता तथा अनुभव:
छनोट विधि: उम्मेदवारहरूको छनोट लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तामार्फत गरिनेछ। प्राप्त दरखास्तहरूको परीक्षा सहकारी विज्ञबाट सञ्चालन गराइनेछ।
आवेदन दिने प्रक्रिया: मिति २०८३/०६/०८ मा प्रकाशित सूचनाका आधारमा ७ (सात) दिनभित्र, अर्थात्मिति २०८३/०६/१४ गतेभित्रप्रमुख व्यवस्थापक पदमा आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले हस्तलिखित निवेदनसहित व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।
सेवा–सुविधा: सेवा–सुविधा संस्था र कर्मचारीबीच हुने सम्झौताबमोजिम हुनेछ।
दरखास्तका साथ निम्न कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ:
१. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
२. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।
३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि।
४. सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रतिलिपि।
५. कार्य अनुभवको प्रमाणपत्र।
६. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि।
७. अन्य सान्दर्भिक कागजातहरू।
८. अपेक्षित पारिश्रमिक खुलाउनुपर्नेछ।
दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,०००/- (अक्षरेपी: एक हजार रुपैयाँ मात्र) हुनेछ।
विशेष सूचना: तोकिएको समयभित्र प्राप्त भएका दरखास्तहरूमध्ये योग्य उम्मेदवारहरूलाई मात्र परीक्षामा सहभागी गराइनेछ। अपूर्ण तथा म्याद नाघी प्राप्त भएका दरखास्तहरू स्वीकार गरिने छैनन्।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Sep 30, 2026
About the organization

Finance Companies