राप्ती प्रादेशिक अस्पताल
Source: Naya Yugbodh National Daily
Job Description
Roles and responsibilities of this job

लुम्बिनी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
राप्ती प्रादेशिक अस्पताल
तुलसीपुर, दाङ
सूचना प्रकाशित मिति: २०८३/०६/०५
यस राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, दाङमा रिक्त रहेका देहायबमोजिमका पदहरू करार सेवामार्फत पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयभित्र दरखास्त पेश गर्न आह्वान गरिन्छ।
१. रिक्त पद तथा आवश्यक योग्यताको विवरण
कन्सल्टेन्ट (बाल रोग विशेषज्ञ) — अधिकृत नवौँ तह — १ जना
न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट एम.बि.बि.एस. (MBBS) उत्तीर्ण गरी सम्बन्धित विषय Paediatrics/MD मा स्नातकोत्तर (Post Graduate) तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, नेपाल मेडिकल काउन्सिल (NMC) मा विशेषज्ञ (Specialist) को रूपमा दर्ता भई प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्नेछ।
मेडिकल अधिकृत — अधिकृत आठौँ तह — ३ जना
न्यूनतम योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट MBBS वा सो सरह उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिल (NMC) मा दर्ता भएको हुनुपर्नेछ।
बायोमेडिकल टेक्निसियन — पाँचौँ तह — १ जना
न्यूनतम योग्यता: बायोमेडिकल इक्विपमेन्ट इञ्जिनियरिङमा डिप्लोमा उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
२. आवश्यक कागजातहरू
दरखास्तका साथ देहायका कागजातहरूको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ:
३. दरखास्त फाराम तथा कार्य विवरण (TOR): आवेदन दिने फाराम तथा सम्बन्धित पदको विस्तृत कार्य विवरण (TOR) यस अस्पतालको लेखा शाखाबाट प्राप्त गर्न सकिनेछ।
दरखास्त दस्तुर
४. छनोटको प्रक्रिया: छनोटका लागि Short List मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ। आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा समेत सञ्चालन गर्न सकिनेछ। परीक्षाको मिति, समय र स्थान दरखास्त बुझाउने म्याद समाप्त भएपछि अस्पतालको सूचनापाटी, वेबसाइट तथा फेसबुक पेज मार्फत प्रकाशन गरिनेछ।
५. अन्य शर्तहरू
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 05, 2026
About the organization

Hospital / Clinic / Diagnostic Centre