Similar JobsPowered by Merojob AI

Deadline: Sep 29, 2026
गाउँ कार्यपालिकाको कार्यालय कटहरी गाउँपालिका
Source: Other Source
Job Description
Roles and responsibilities of this job

कटहरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
कटहरी, मोरङ
कोशी प्रदेश, नेपाल
प्रथम पटक प्रकाशित मिति: २०८३/०६/०५
यस कटहरी गाउँपालिकाको गाउँ कार्यपालिकाको मिति २०८३/०५/२५ गतेको निर्णय तथा यस गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम गठित पदपूर्ति समितिको मिति २०८३/०६/०२ गतेको निर्णयानुसार देहायका पदहरूमा कर्मचारी करारमा पदपूर्ति गर्नुपर्ने भएकाले निम्नबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यस गाउँपालिकाको राजस्व शाखामा राजस्व जम्मा गरेको भौचर सहित आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
१. विज्ञापन नं. ०१/०८३/८४ – नापी अधिकृत, अधिकृतस्तर सातौँ
शैक्षिक योग्यता : मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट जियोमेटिक्स विषयमा कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
माग संख्या: १
२. विज्ञापन नं. ०२/०८३/८४ – सर्वेक्षक, सहायक पाँचौँ
शैक्षिक योग्यता :मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा एस.ई.ई. उत्तीर्ण गरी जियोमेटिक्स वा सर्भे इन्जिनियरिङमा सहायक पाँचौँ तहको ३ वर्षे डिप्लोमा वा सो सरह उत्तीर्ण गरेको वा विज्ञान (फिजिक्स समूह) वा भूगोल विषय लिई प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा १ वर्षको जुनियर नापी तालिम प्राप्त गरेको हुनुपर्नेछ।
माग संख्या: १
३. विज्ञापन नं. ०३/०८३/८४ – अमिन, सहायक चौथो
शैक्षिक योग्यता :मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा १ वर्षको तालिम प्राप्त गरेको हुनुपर्नेछ।
माग संख्या: १
४. विज्ञापन नं. ०४/०८३/८४ – हलुका सवारी चालक, श्रेणीविहीन
शैक्षिक योग्यता :मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ८ कक्षा उत्तीर्ण गरी हलुका सवारी चालक अनुमतिपत्र प्राप्त गरेको र कम्तीमा ६ महिनाको कार्यानुभव प्राप्त गरेको हुनुपर्नेछ।
माग संख्या: १
परीक्षाको किसिम: लिखित, प्रयोगात्मक तथा अन्तर्वार्ता।
परीक्षा दस्तुर:
दरखास्त दिने अन्तिम मिति: २०८३/०६/१९ गते कार्यालय समयभित्र। उक्त दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्टसम्म आवेदन बुझाउन सकिनेछ।
दरखास्त दस्तुर बुझाउने अन्तिम मिति: २०८३/०६/१९ गते दिउँसो २:०० बजेसम्म।
उम्मेदवारको उमेर हद: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्नेछ।
पेश गर्नुपर्ने कागजातहरू:
उम्मेदवारले देहायका कागजातहरूको प्रतिलिपि पेश गर्नुपर्नेछः
पदमा रही गर्नुपर्ने कामको विवरण: तोकिएबमोजिम हुनेछ।
तलब: प्रचलित कानूनबमोजिम हुनेछ।
पुनश्च: लिखित परीक्षाको पाठ्यक्रम लोक सेवा आयोगले माथि उल्लिखित पदका लागि तयार गरेको सम्बन्धित पाठ्यक्रम नै यस परीक्षाको प्रयोजनका लागि पाठ्यक्रम हुनेछ। साथै, पेश गरिने सबै कागजातहरूको प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Oct 05, 2026
About the organization

Government Organization