चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि.
भरतपुर–१०, चितवन
सूचना नं: ०२/०४/०८३
उपरोक्त विषयका सम्बन्धमा यस चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा तपसिलबमोजिमका पदमा देहायका योग्यता तथा अनुभव भएका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र दरखास्त आह्वान गरिएको छ।
१. अकाउन्ट अफिसर – १ जना
शैक्षिक योग्यता तथा अनुभव:
- व्यवस्थापन संकायमा स्नातक वा सो सरहको डिग्री हासिल गरेको हुनुपर्ने।
- सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव भएको हुनुपर्ने।
- लेखा तथा वित्तीय व्यवस्थापनमा ठोस अनुभव भएको हुनुपर्ने।
- कम्प्युटरसम्बन्धी ज्ञान भएको (MS Word, Excel, Email, Internet आदि) हुनुपर्ने।
- उच्च इमान्दारिता भएको हुनुपर्ने।
- अतिरिक्त शैक्षिक योग्यता वा अनुभवलाई प्राथमिकता दिइनेछ।
२. मार्केट सुपरभाइजर – १ जना
शैक्षिक योग्यता तथा अनुभव:
- न्यूनतम +२ उत्तीर्ण गरेको हुनुपर्ने।
- सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्ने।
- दुग्ध व्यवसायसँग सम्बन्धित ज्ञान तथा अनुभव भएको हुनुपर्ने।
- सवारी साधन (मोटरसाइकल) चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने।
- प्रभावकारी सञ्चार तथा राम्रो परामर्श/कोचिङ गर्ने क्षमता भएको हुनुपर्ने।
- धेरै यात्रा गर्न सक्ने तथा तोकिएको समयसीमा पूरा गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
- दुग्ध क्षेत्रमा विशेष अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ।
३. हेभी ट्याङ्कर चालक – १ जना
शैक्षिक योग्यता तथा अनुभव:
- सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
- हेभी सवारी चालक अनुमतिपत्र अनिवार्य हुनुपर्ने।
- सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएको हुनुपर्ने।
- दुग्ध व्यवसायसँग सम्बन्धित ज्ञान भएको हुनुपर्ने।
- उच्च इमान्दारिता भएको हुनुपर्ने।
- धेरै यात्रा गर्न सक्ने तथा तोकिएको समयसीमा पूरा गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
- दुग्ध क्षेत्रमा विशेष अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ।
आवश्यक कागजातहरू:
दरखास्तसँग देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:
- आवेदन निवेदन।
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
- अनुभवको प्रमाणपत्रको प्रतिलिपि।
- हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।
- सवारी चालक अनुमतिपत्र र व्यक्तिगत पान नं. (PAN) प्रमाणपत्रको प्रतिलिपि।
- आवेदन दस्तुर रु. ५००/- लाग्नेछ।
दरखास्त पेश गर्ने स्थान र समय
- स्थान:चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. भरतपुर–१०, चितवन
- समयसीमा: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र, अर्थात् २०८३/०६/०३ गते कार्यालय समयसम्म।
नोट:
- रीत नपुगेका उम्मेदवारहरूको कुनै पनि निवेदन मान्य हुने छैन।
- लिखित परीक्षा तथा अन्तर्वार्ताको जानकारी पछि सूचित गरिनेछ।
- संघको आवश्यकता अनुसार कर्मचारी छनोट गरिनेछ।
- तलबमान तथा सेवा–सुविधा आपसी समझदारीमा कायम गरिनेछ।
- कर्मचारी छनोट गर्ने सम्पूर्ण अधिकार छनोट समितिमा निहित रहनेछ।