Similar JobsPowered by Merojob AI

Deadline: Aug 31, 2026

Deadline: Aug 28, 2026

Deadline: Aug 28, 2026

Deadline: Sep 02, 2026
बिवाईसी, बागलुङ
Source: Dhorpatan News
Job Description
Roles and responsibilities of this job

बिवाईसी, बागलुङ
प्रथम पटक प्रकाशन मितिः २०८३।०५।०९
बरेङ गाउँपालिका वागलुङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बिवाईसी, बागलुङ द्वारा सञ्चालन हुने प्रस्ताबित “कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता विकास तथा बजारिकरण परियोजना" का लागि तपशिलमा उल्लेखित पदमा कर्मचारीको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।
पद: सामुदायिक सहजकर्ता
पद संख्या: १ जना
न्युनतम योग्यताः
१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।
२. दरखास्त दिने अन्तिम मिति : २०८३/०५/१५ गते कार्यालय समय भित्र ।
३. परिक्षाको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
४. उमेर : १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको । महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को बिबरण समेत खुल्नेगरि व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी का साथमा हस्तलिखित निवेदन सहित संस्थाको केन्द्रिय कार्यालय वा. न. पा. १ रामरेखामा बुझाउन सकिने छ । दरखास्त दिने अन्तिम मितिका दिन विदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्रमा बुझाउन सकिने छ । प्रारम्भीक छनोटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार बिवाईसी, बागलुङमा रहनेछ ।
नोट: फोन तथा अन्य माध्यमबाट संस्थालाई प्रभाब पार्न प्रयास गर्ने उम्मेदवारहरु आबेदन स्वतः अयोग्य ठहर गरिने भएकोले यस्ता प्रयास नगर्न सचित गरिन्छ ।
Job Specification
Required qualifications for this job
Applying Procedure
Click on Login to Apply to get the email address / external link to apply.
Note: You need to be a registered jobseeker to view the applying email address / external link.
Apply Before: Aug 31, 2026
About the organization

NGO / INGO / Development Projects
Illam, Nepal