Human And National Development Society (HANDS) Nepal

प्राविधिक संयोजक

Human And National Development Society (HANDS) Nepal

प्राविधिक संयोजक

दुुधौली नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको सहजिकरणमा संचालन गर्न प्रस्तावित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

प्राविधिक संयोजक

Views: 1400 | This job is expired 1 year, 3 months ago

प्रथम पटक प्रकाशन मितिः २०७९/०९/२० गते
अन्तिम दरखास्त पेश गर्ने समयः २०७९/१०/०४ गते ४ बजे सम्म
बिज्ञापन नम्बरः ०४/०७९/०८०

संख्या: १ (एक) जना 

न्युनतम योग्यता र कार्यअनुभव:

  • भेटेरीनरी विषयमा  ISC Animal Science वा जे.टि.ए (J.T.A) उत्तिर्ण गरी सम्बन्धीत क्षेत्रमा कम्तीमा २  वर्षको कार्यनुभव भएको वा जे.टि.ए. (JTA) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यअनुभव भएको ।
  • पशु उपचार तथा व्यस्थापनमा राम्रो दख्खल भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक दक्षता भएको ।
  • स्थानीय सरकार र सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कृषि तथा पशुबस्तुको बजारीकरण सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ८० प्रतिशत रहि काम गर्नुपर्नेछ ।
  • स्थानीय पशु स्वास्थ्य कायकर्ताको क्षमता अभिवृदि तथा परिचालन गर्न सक्ने । 
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल भएकोलाई ग्राहयता दिईनेछ)। 

नोटः 

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तिम  मिति: सूचना प्रकाशन भएको मितिले १५ दिन कार्यालय समय सम्म (यदि अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट)

३. परीक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरुको प्रतिलिपी सहित तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज सिन्धुलीको कार्यालय फिल्ड अफिस कमलामाई न.पा.– ६, सिन्धुलीमा दरखास्त बुझाउनु सकिनेछ । 

५. परियोजनाको कार्यक्षेत्र दुधौली नगरपालिका सिन्धुली हुने छ ।

६. प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

This job has expired.

Recommended Jobs

Job Action

job_detail_page
Search, Apply & Get Job: FREE